ज्योति साहित्य प्रतिष्ठानको १७औँ वार्षिकोत्सव

२६ पुस २०८०, काठमाडौं ज्योति साहित्य प्रतिष्ठानको १७औँ वार्षिकोत्सवकोको अवसरमा बिभिन्न साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकारहरु घनश्याम राजकर्णिकार, डा भरतकुमार भट्टराई, श्रीओम् श्रेष्ठ रोदन, जलेश्वरी श्रेष्ठ तथा सन्ध्या पहाडीलाई ज्योति साहित्य सम्मान प्रमुख अतिथि तुलसी दिवसले सम्मान प्रदान गरे । कार्यक्रममा कविहरु शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, […]

Continue Reading

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्यो मगर भाषाको पत्रिका

२६ पुस २०८०, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागबाट “मिक” नामक मगर भाषाको पत्रिका प्रकाशन गरेको छ । यसको पहिलो अङ्क प्रतिष्ठानको मातृभाषा बिभागले नियमित आयोजना गर्ने मातृभाषा श्रृङ्खला अन्तरगत सिर्जना, सम्बाद र विमर्श छैठौं श्रृङ्खलाको आयोजनाको अवसरमा कुलपति भुपाल राईले विमोचन गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागका सदस्य राजनमुकारुङ छन् ।

Continue Reading

डुवर्समा “थिङ्कर्स एण्ड राइटर्स पिस मिट”

२३ पुस २०८०, डुवर्स नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागीता रहेको “थिङ्कर्स एण्ड राइटर्स पिस मिट” कार्यक्रम लाटागुड़ीमा ६-७ जनवरीमा एसोसिएसन फर कन्जर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रख्यात लेखक पद्मजा अयङ्गर पेड्डी (हैदराबाद) […]

Continue Reading

टेक्सासमा ‘पार्श्वधुन’ कथा सङ्ग्रहको परिचर्चा

७ जनवरी २०२४, टेक्सास कथाकार कृष्ण कुसुमको “पार्श्वधुन” कथा सङ्ग्रहको परिचर्चा कार्यक्रम ड्यालस टेक्सासमा सम्पन्न भएको छ । अन्तराष्ट्रीय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका शतिश त्रिपाठी, निर्मला राइ तथा भीम कार्कीले कथा सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा लेखक कुसुमले लेखकीय मन्तव्य राखेका थिए । अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष […]

Continue Reading

“बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयक गोष्ठी सम्पन्न

 १९ पुस २०८०, काठमाडौं नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा विस्तृत चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा “बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले आज हिजोका औपदेशिक र धार्मिक विषयभन्दा फरक धारमा बालसाहित्य लेखिन थालेको बताउँदै उनले […]

Continue Reading

भोजपुरे सम्मान र पुरस्कार हिरण्य र करुणालाई

२ जनवरी २०२४, लण्डन भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई-दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान ख्यातिप्राप्त साहित्यकार तथा गायक हिरण्यभोजपुरेलाई तथा प्रतिभा पुरस्कार कवयित्री करुणा राईलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले जनाए अनुसार सम्मानका साथ १५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रतिभा पुरस्कारमा ३५ हजार रुपैयाँ हुनेछ । प्रतिष्ठानले प्रतिभा सम्मान पूर्णप्रकाश यात्री, […]

Continue Reading

विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश

१ जनवरी २०२४, वाशिंटन डिसी गीतकार पुष्पा खानालको “प्यासी” बोलको गीत वर्ल्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । वर्ल्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो । विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा […]

Continue Reading

“अभिशप्त रात” प्रकाशित

१४ पुस २०८०, काठमाडौं साहित्यकार विजय चालिसेद्वारा नेपाली भाषामा अनुदित जापानी कथाहरुको सङ्ग्रह “अभिशप्त रात” प्रकाशित भएको छ । चालिसेको यो ५७ औँ कृति हो । यस कृतिमा जापानका प्रख्यात आख्यानकारका कथाहरु रहेका छन् जसमा नोवेल पुरस्कारप्राप्त यासुनारी कावाबाता समेत छन् । अन्य कथाकारहरुमा रियुनोसुके आकुतागावा, सातोमी तोन, मियेइ ओगावा, ओसामु दाजाई लगायतका कथाहरु रहेका […]

Continue Reading

निर्भिकको “त्यसरी त कहिल्यै सोचिएन” बिमोचित

१४ पुस २०८०, काठमाडौं नयाँ पुस्ताका निर्भिकजंग रायमाझीको पहिलो कृति कविता सङ्ग्रह “त्यसरी त कहिल्यै सोचिएन” विमोचन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कविहरु मोमिला तथा श्याम ल र लेखक स्वयमले संयुक्त रुपमा सो कृति विमोचन गरे । सङ्ग्रहमा ५० कविताहरु रहेका छन् ।    

Continue Reading

क्याप्टेन नारायणप्रसाद “लाहुरे” विमोचित

  १४ पुस २०८०, काठमाडौं क्याप्टेन नारायणप्रसादद्वारा लिखित,अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित तथा साहित्यिक पत्रकार सङ्घद्वारा हालै प्रकाशित संस्मरण ‘लाहुरे’पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सदनमा कार्यक्रमका प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रा.डा.सुरेन्द्र के.सी., सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीसहित मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा’लाहुरे’को विमोचन भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री […]

Continue Reading