४ फरवरी, वाशिंटन डिसी
लामो समयदेखि बिभिन्न दिवङ्गत तथा जीवित स्रष्टाको सम्मानमा ती प्रतिभा केन्द्रित वशेषाङ्कहरु प्रकाशित गर्दै आइरहेको ज्ञानगुनका कुराको भाग २१३ “बसन्त श्रेष्ठ अङ्क-१” को विषयमा भर्जिनियाको उडब्रिजमा एक जमघटको आयोजना गरियो ।
सो अबसरमा उपस्थित साहित्यकारहरु होमनाथ सुवेदी, कृष्ण धरावासी, शैलेन्द्र साकार, नीरा शर्मा, रोजा ओली, मञ्जु बिमली, सुमन तिमिल्सिना, पुष्पा खनालले कवि वसन्त श्रेष्ठ, उनको लेखनी र प्रकाशित ज्ञानगुनका कुराको वसन्त श्रेष्ठ अङ्कको बारेमा आआफ्नो धारना राखेका थिए ।
साहित्यकार गोविन्द गिरी प्रेरणाले सहजिकरण गर्दै वसन्त श्रेष्ठको लेखन यात्राको चर्चा गर्दै शुरु भएको सो कार्यक्रमको अन्तमा कवि वसन्त श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो लेखन यात्राको विवरण प्रस्तुत गरेपछि कार्यक्रम समापन भएको थियो ।