२६ पुस २०८०, काठमाडौं
ज्योति साहित्य प्रतिष्ठानको १७औँ वार्षिकोत्सवकोको अवसरमा बिभिन्न साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचन कार्यक्रमको आयोजना गरियो ।
साहित्यकारहरु घनश्याम राजकर्णिकार, डा भरतकुमार भट्टराई, श्रीओम् श्रेष्ठ रोदन, जलेश्वरी श्रेष्ठ तथा सन्ध्या पहाडीलाई ज्योति साहित्य सम्मान प्रमुख अतिथि तुलसी दिवसले सम्मान प्रदान गरे ।
कार्यक्रममा कविहरु शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल,रुबिना राना मगर, सुधा मिश्र र जुमन किरणले रचना वाचन गरेका थिए।
कार्यक्रम सुधा मिश्रले प्रभावकारी रुपमा संचालन गरेकी थिइन्।
प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।