पोखरामा “विश्वम्भरा” विमर्श

समाचार

६ माघ २०८०, पोखरा

नेपाली लेखक संघ कास्कीको आयोजनामा कवयित्री भगवती बस्नेतको कविता कृति “विश्वम्भरा ” को विमर्श सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा युवाकवि तारानाथ पराजुलीले कृतिको परिचर्चा गरेका थिए । कार्यक्रममा कविहरु शिव त्रिपाठी , शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक थान कविता वाचन गरेका थिए । साहित्यकार माधव वियोगी, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी र नेपाली लेखक संघ केन्द्रीय सचिव डा. गणेश शर्माले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा स्रष्टा भगवती बस्नेत र प्रमुख अतिथि प्राज्ञ सरुभक्तले आफ्ना विचार राखेका थिए ।

संस्थाका अध्यक्ष कवि रिता अधिकारी ऋतुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका सचिव प्राञ्जलले सञ्चालन गरेका थिए भने उपाध्यक्ष कमल पौडेल अथकले स्वागत गरेका थिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *