vishwaparikrama.com अमेरिकाको वाशिंटन डिसी मेट्रो क्षेत्रवाट नेपाली भाषामा सञ्चालित अनलाइन पत्रिका हो । यसले नेपालका नेपाली सहित अमेरिकामा बस्ने नेपाली मूलका नेपाली तथा भूटानी नेपालीलाई तथा विश्वभरिका गैर आवासिय नेपालीलाई पहिलो लक्ष पाठक मानेकोछ ।
शुरुमा “विश्वपरिक्रमा” पाक्षिक छापा अखवारको रुपमा वाशिंटन डिसी मेट्रो क्षेत्रवाट प्रकाशित भएको थियो । झण्डै दस वर्षको मुद्रित अखवार प्रकाशन यात्रापछि vishwaparikrama.com, vpkonlinenews.com हुँदै पुनः vishwaparikrama.com का रुपमा केही समय यो सकृय रह्यो । सामाजिक सञ्जालको बढ्दो प्रयोगले गैर व्यावसायिक रुपमा मिडिया चलाउन विदेशमा यसै पनि सहज थिएन । पत्रकारिताको नाममा फोटोकारिता, टाँसटुसकारिता, यथाप्राप्तकारिता अनि कपी पेष्टमै सदा निर्भर रहन हामीलाई खासै रुचि पनि रहेन । अतः यसलाई अनलाइन साहित्यिक पत्रिकाको रुप दिने निधोमा पुगेका हौं । हाल सञ्चालनमा रहेका अनलाइन साहित्यिक पोर्टलहरुसँग प्रतिस्पर्धा होइन ती भन्दा अलिक फरक बनाउन सकिन्छ कि भन्ने हाम्रो सोच हो ।
सन् २००७ देखि प्रकाशित विश्वपरिक्रमाको यो नयाँ यात्रा हो ।