बेखबर हुन मन छ (मलाई कविता)

  मीना श्रेष्ठ बेहिसाब कति हिडियो नापेर पैतालाहरू हिसाब न त पैतालाको छ न त केबल पछ्याउँदै विभिन्न आकृतिका पैतालाहरू कति बाटा पैतालाका डोबका कुनै केबल पैतालाको छाला खोल्सिएका, थाहै नपाइ, बाटोले नापेका पैताला हुन् या पैतालाले नापेका बाटाहरू हुन्। इमानको हिसाब हुँदैन क्यारे कि मै कमजोर रहें हिसाब गर्न इमानको कसौटीमा नदेखियोस् , बरु, […]

Continue Reading

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अस्वस्थ

१६ पुस २०८१, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा मुटुमा समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । गत शुक्रवार छातीमा असजिलो भएपछि उनलाई अस्पताल लगिएको थियो र हल्का हृदयाघात भएको थाहा भएको छ । उपचारको क्रममा उनको मुटुमा ब्लकेज देखिएपछि स्टेन्ट राखिएको पारिवारिक श्रोतले जनाएका छन् । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको […]

Continue Reading

गगनसिंह थापाको थापाको ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

पुस २०८१, टीकापुर टीकापुरका आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास “मेरा गाउँको खड्क्या मन्त्री” एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न सो कृतिको विमोचन उपन्यासका मुख्य पात्र पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्क बहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपाली दम्पतीले गरेका हुन् […]

Continue Reading

सम्बोधन यथोचित ! (कविता)

पुष्पा खनाल मन हो, मनाउन गाह्रो छ । प्रेम यथावत् छ समय फेरिएको छ । एउटा काट्न नमिल्ने संघार अर्को टेक्न नमिल्ने आँगन म बीचको न यताको, न उताको । सायद, मेरो यही नियति हो म बाँच्नुको सार हो र हो एउटा निर्विकल्प बोझ पृथ्वीको । पर्खालमा उम्रिएको एउटा झ्याउ तिमीले त उखेल्यौ र मिल्कायौ […]

Continue Reading

डुवर्सको साहित्यिक महोत्सव- पर्यवेक्षकीय टिप्पणी

नवीन पौड्याल यस वर्ष २०२४ भारतीय नेपाली साहित्यका दुईवटा महत्त्वपूर्ण संस्थाले आफ्ना स्थापनाको स्वर्ण जयन्ती समारोहपूर्वक मनाए। एउटा हो असम नेपाली साहित्य सभा र अर्को डुवर्स नेपाली साहित्य विकास समिति। गत ६ देखि ९ डिसेम्बर, २०२४ मा असमको सरूपथारमा आयोजित चारदिने स्वर्णजयन्ती समारोह र २७-२९ डिसेम्बरको डुवर्सको वीरपाडामा आयोजित तीनदिने समारोह। यी दुई समारोहलाई नेपाली […]

Continue Reading

कृष्णभक्त श्रेष्ठ

नकुल सिलवाल   (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कृष्णभक्त श्रेष्ठ” को परिचय।)    न्युरोड-पीपलबोटको पश्चिमपट्टि एउटा मान्छे उभिइरहेको देख्थें । अरू एकदुई, दुईचार पनि जम्मा हुन्थे । प्रायः उहाँहरूलाई त्यही समयमा देख्थें । हामी […]

Continue Reading

विहे (कविता)

दिनेश अधिकारी   (कवि दिनेश अधिकारी समकालीन नेपाली साहित्यको एक सुविख्यात नाम हो । उनको रोजाइको कविता , यस कविताको रचना गर्भसहित प्रस्तुत छ ।)   (प्रसङ्ग १)   बिहे गरेको भोलिपल्ट हामी एउटा पैदलयात्रामा थियौं   कहाँ के भयो ? एकाएक आकाश धुम्मियो एकाएक मेघ गर्जियो र, झमझम पानी पर्न सुरु भयो ओत लाग्न […]

Continue Reading

जुनको बाटो हेर्दा हेर्दै रात झर्यो (गीत)

प्रीति कौर जुनको बाटो हेर्दा हेर्दै रात झर्यो फेरि यी आँखामा बर्सात पर्यो जुनको बाटो हेर्दा हेर्दै रात झर्यो बितेका पलहरू सम्झनामा आइरह्यो हाँसो आशु बटुलेर ओठले गाइरह्यो बारम्बार यो मुटु मायाले नै भर्यो फेरि यी आँखामा बर्सात पर्यो मेरा हर सपनीमा उनकै वास भयो सधैँ मुटुमा धड्कने नै खास भयो घामले टेक्ने नपाउँदै बादलले […]

Continue Reading

शीतलहर (कविता)

शीतलहर (कविता) पुरुषोत्तम आचार्य हाम्रो पसिनामा नली लगाएर तानि रहे तिनिहरूले नशालु हुक्का र, छाडि रहे आकाशतिर विषालु धुवाँ त्यही धुवाँ चिसिएर हाम्रो टाउको माथि खसिरहेछ शीतलहर ए! रामलखन काका अब घुर ताप्न छाडेर टाउकोमै चिलिम सल्काउने पो हो कि ? ००० कवि परिचयः कवि पुरुषोत्तम आचार्य हर्नामाडी हेटौंडामा जन्मेका हुन् र अहिले पनि हेटौंडालाई […]

Continue Reading

“संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न

१० पुस २०८१, काठमाडौं नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न भएको छ । नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले सो कृति सामूहिक लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार […]

Continue Reading