दुर्घटनामा समालोचक ताराकान्त पाण्डेयको निधन

समाचार

२८ पुस २०८०, काठमाडौं

नेपाली साहित्यका सुपरिचित समालोचक प्राडा ताराकान्त पाण्डेयको २७ पस राती भालुवाङमा भएको बस दुर्घटनामा निधन भएको छ । विसं २०१७ साल असोज ८ गते रुपन्देहीमा जन्मेका उनी समालोचना क्षेत्रमा समर्पित उनी विसं २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए ।
उनका कलासाहित्यःभूमिका र मूल्याङ्कन(२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको ब्यङ्ग्य ब्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुध्द(२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचनाप्रधान कृतिहरु प्रकाशित थिए ।
उनले “आलोचना”, “कलम” जस्ता साहित्यिक पत्रिका समेत सम्पादन गरेका थिए ।
उनले विसं २९५७ सालको पारिजात सृजन पुरस्कार पाएका थिए ।
प्रगतिवादी साहित्यमा समर्पित उनी ईच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए ।

1 thought on “दुर्घटनामा समालोचक ताराकान्त पाण्डेयको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *