२८ जुलाई, बाल्टिमोर
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको केन्द्रि कार्यसमितिको नव निर्वाचित कार्य समितीलाई पद हस्तान्तरणको कार्यक्रम भानु जयन्ती मनाउँदै बाल्टिमोरमा सम्पन्न भएको छ ।
नव निर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेलाई निवर्तमान अध्यक्ष गोवर्धन पूजाले पद हस्तान्तरण गरे ।
सो समारोहमा उपस्थित अध्यक्ष लगायत बिभिन्न पदाधिकारीलाई शपथ गरहण पनि गराइएको थियो।
नवनिर्वाचित केन्द्रिय कार्यसमितिका अध्यक्षमा सर्वज्ञ वाग्ले , उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिकाका उपाध्यक्षमा सुदीपभद्र खनाल, उपाध्यक्ष एशियामा सरिता अर्याल। उपाध्यक्ष युरोपमा डिल्लीराम अम्माई, उपाध्यक्ष ओसियानामा हरिप्रसाद अधिकारी, उपाध्यक्ष अफ्रिकामा गणेश खड्का, महासचिवमा राजु सिटौला, सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी तथा कार्य समितिका सदस्यहरुमा पुष्पट खनाल, सुमन बर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा तथा तारा उप्रेती निर्वाचित भएका थिए ।
अनेसासको बिधान अनुसार कार्यसमितिको पदावधि २ वर्षको रहेको छ ।