“प्रतिरोधको लय” प्रकाशन हुँदै

१४ भदौ २०८०, काठमाडौं साहित्यकार रेशम विरहीको १३ औं कृति कविता सङ्ग्रह “प्रतिरोधको लय” प्रकाशनको अन्तिम अवस्थामा रहेको छ । कवि विरहीले विश्वपरिक्रमा सँग कुरा गर्दै आउँदो असोजको पहिलो हप्ता बजारमा आउने अपेक्षा रहेको बताए । लामो समय पत्रकारितामा जीवन विताएका विरहीको यो तेह्रौं कृति र ८औं कविता सङ्ग्रह हो । यसअघि उनका “मुलाको बोक्रा […]

Continue Reading

५० हजारको लालबन्दी पुरस्कारका लागि मदन पुरस्कार प्राप्त २ लेखक सहित १० कृतिकारका कृति छनौट

१४ भदौ २०८०, काठमाडौं मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८०” का लागि १० कृति छनौट गरेको छ । परिषदका अनुसार रञ्जना निरौलाको “अनुभूतिको अवतरण”, सिम्रन क्षेत्रीको “झुमर”, डा. दामोदर पुडासैनी किशोरको “डोल्पो ओ डोल्पो, रमेश क्षितिजको “पर्वतपर्वतमा बटुवा घाम”, सन्तोष श्रेष्ठको “फरैना”, […]

Continue Reading

कलिङ्ग साहित्य उत्सव काठमाडौं संस्करण २ सम्पन्न हुँदै

१३ भदौ, काठमाडौं सूर्य नेपाल काठमाडौं कलिङ्ग साहित्य उत्सव दोश्रो संस्करण यही भदौ १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । भारतको उडिसा राज्यको भूवनेश्वरमा हुने गरेको कलिङ्ग साहित्य उत्सव नेपाल संस्करणको रुपमा गत बर्षदेखि काठमाडौंमा आयोजना गर्न थालिएको हो । यो उत्सवको नेपाल संयोजक साहित्यकार रञ्जना निरौला रहेकी छिन् । उत्सवको […]

Continue Reading

दुई कविता

रेनुका भट्ट, कोपेनहेगन डेनमार्क     १, खुसी   प्रथम टलक्क टल्केको चीसो घामलाई बिस्तारै आँखा चिम्लदै, खोल्दै हेर्छ र मतिर फर्केर मुसुक्क मुस्कुराउँछ ।     २, यात्रा   यो आँधी रोकिएपछि हामीले सुरुवात गर्नुछ एउटा हिंडिरहने यात्रा …   गन्तब्यमा पुगियो भने यात्रा सकिन्छ बाटो सकिन्छ र रोकिनुपर्छ हामी मलाई तिमीसँग हिँडिरहनु छ […]

Continue Reading

सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर

त्रिभुवनचन्द्र वाग्ले   सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार लन्जुफन्जु मै बित्ने भो । निमन्त्रणाअनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेंलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एकजना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै […]

Continue Reading

कोशेली

रञ्जुश्री पराजुली रमोलाको बिहे पछिको पहिलो तिज । माइती गरएर साथीसङ्गीहरुसँग रमाउँदै, माइतीको मीठो दर खाँदै, नयाँ गहना पहिरन लगाएर पशुपती जान नपाए पनि घर नजिकैको शिव मन्दिर जाने भनेर मन पुलकित बनाइरहेकी थिइन् । कोरोना महामारीको कहर भए पनि घर भित्र नै बसेर रमाईलो गर्न सकिने सोचिरहेकी थिइन् । श्रीमानलाई पनि उनले आफ्नो माइतीको […]

Continue Reading

कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे?’ विमोचित

९ भाद्र, २०८०, काठमाडौं कवि तथा प्राध्यापक  एल.बी. क्षेत्रीको नव प्रकाशित कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’लोकार्पण भएको छ ।  प्रकाशक पेज टर्नरको आयोजनामा भएको सो समारोहमा  प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई ,मीना लामिछाने ट्रस्टकी अध्यक्ष मीना लामिछाने, भुवन ढुङ्गाना, लेखक लगायत मञ्चासिन सबैले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पण पश्चात् […]

Continue Reading

आवाजको खोजीमा निःशब्द मास्साब, जनार्दन जोशी

शैलेन्द्र साकार (कवि जनार्दन जोशीको २८ चैत २०७९ का दिन देहान्त भएको थियो । उनका “गुम्सिएको रातभित्र पुरिएको अस्थीपञ्जर”(२०३२), “हस्पिटलको कैदी क्याविन नं १ मा”(२०३७)आवाजको खोजी(२०४५) जस्ता काब्यकृतिहरु प्रकाशित छन् । उनले “अवतार विघटन” संयुक्त उपन्यासमा समेत सहभागी दिवङ्गत जोशीको बारेमा विश्वपरिक्रमाको विशेष अनुरोधमा साहित्यकार शैलेन्द्र साकार लिखित यो संस्मरण पाठक समक्ष प्रस्तुत छ। -सम्पादक) […]

Continue Reading

राजेन्द्रमान डङ्गोल‍को ‘बादलडाँडा’को लोकार्पण

१० भाद्र २०८०, काठमाडौं   नियात्राकार राजेन्द्रमान डङ्गोल‍को तेस्रो नियात्रा कृति’बादलडाँडा’को  लोकार्पण सम्पन्न भएको छ । लेखकसहित ९ जनाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पित कृतिको विषयमा  प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराई,  नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदी, कवि तथा समालोचक डा• विन्दु शर्मा, समालोचक तथा स्तम्भकार राम लोहनी आफ्नो धारणा […]

Continue Reading

“ज्ञानक्रान्ति” र “भक्तिसागर” को लोकार्पण सम्पन्न

९ भदौ २०८०, काठमाडौँ । सिसार साहित्य परिवारको आयोजनामा कवि रामचन्द्र न्यौपाने ‘वनवासी’को महाकाव्य ज्ञानक्रान्ति र खण्डकाव्य भक्तिसागरको लोकार्पण सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि महात्मा दीपकजी, कार्यक्रमका सभापति ज्ञाननिष्ठ ज्ञवाली, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत मञ्चासिन व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गरे । लोकार्पित कृतिहरुको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र […]

Continue Reading