‘मेरा काका चाउ एनलाई’ को विमोचन सम्पन्न

१७ वैशाख २०८२, काठमाडौं नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा एर्लियुद्वारा लिखित My Uncle Zhou Enlai को नेपाली संस्करण आज वैशाख १७ गतेका दिन काठमाडौं स्थित बेल्ट एण्ड रोड पुस्तकालयमा विमोचन गरिएको छ। मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा पुस्तक विमोचन गरिएको हो। यो पुस्तकको नेपाली अनुवाद अजय शर्माले गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री […]

Continue Reading

साहित्यकार तथा शिक्षाविद् लक्ष्मण राजवंशीको चौथो स्मृति सभामा डा.नारायण हरि जोशी सम्मानित

२३चैत २०८१, काठमाडौं नेपालको शैक्षिक जगतका विख्यात व्यक्तित्व, नेपाली भाषा र नेपाल भाषाका विशिष्ट साहित्यकार, समाज सेवी एवम् सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको चौथो स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक समारोह बीच प्राध्यापक डा. नारायण हरि जोशीलाई विशेष सम्मान अर्पण गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित सो समारोहमा प्रा. डा. जोशीलाई इन्स्टिच्युटका […]

Continue Reading

निलम कार्की निहारिकालाई “योगमाया राष्ट्रिय पुरस्कार” को घोषणा

१६ वैशाख २०८२, काठमाडौं विसं २०८१ सालको “योगमाया राष्ट्रिय पुरस्कार” अमेरिकालाई कर्मभूमि बनाएकी लेखिका नीलम कार्की निहारिकालाई प्रदान गर्ने माननीय मन्त्री स्तरबाट निर्णय ७ वैशाख २०८२ का दिनको बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ । यो पुरस्कारमा नगद एक लाख […]

Continue Reading

माई फ्रेन्ड (लघुकथा)

दिव्य गिरी ‘दुई चार दिन भयो । दीक्षा पहिलेकी जस्ती छैन । धेरैजसो समय मोवाइल हेर्नमा नै बिताउँछे । कम बोल्छे । पढाइमा पनि त्यति ध्यान दिएको देखिन्न । ’ साँझको खाना खाइसकेपछि राधाले पतीलाई भनी । ‘किन र ? तिमीले सोधिनौ ?’ रवीन्द्रले प्रश्न ग-यो । ‘दुई तीन पटक सोधेको हो, जबाफ नै दिन्न […]

Continue Reading

मेरी आमा

तारा पराजुली   अमर गीत लेख्ने प्रेमको गाडा रङको मसी हुन् मेरी आमा। खोजेर कहिल्यै नभेटिने परिभाषा हुन् मेरी आमा लेखेर कहिल्यै नसकिने पुस्तक हुन मेरी आमा पढेर कहिल्यै नसकिने ग्रन्थ हुन् हिँडेर कहिल्यै नसकिने यात्रा हुन् फुलेर कहिल्यै नओइलाउने फूल हुन् मेरी आमा सुवासहरूमा सबैभन्दा मनपर्ने सुवास हुन् मेरी आमा एकभित्र अनेक हुन्। सम्झन्छु, […]

Continue Reading

भारतमा प्रचलित नेपाली लोकनाटक – सामान्य परिचयात्मक अध्ययन

 नवीन पौड्याल, कालिम्पोङ यो संसार नै एक नाट्यशाला हो। हामी अभिनेता हौँ र ईश्वर चाहिँ निर्देशक हुन्। अभिनय पक्ष मानवीय जीवनको एउटा मुख्य पक्ष हो। लोकगीत, लोककथा, लोककविता, लोकगाथाझैं लोकनाटक पनि लोकसाहित्यकै रूपमा रहेको छ। यो नाटकको मूल र आदि रूप हो। आज हामी शिक्षित र सभ्य छौं तर आजभन्दा पचास र सय वर्षअघिसम्म हाम्रो […]

Continue Reading

सात मुक्तक

लीलाराज दाहाल एक: च्यातिएको मन यो सिउने कहिले होला पलपल मैं मरिरहें जिउने कहिले होला मरुभूमिको बीज झैँ सुकिरहें म माया प्रेमको जल यो पिउने कहिले होला ! दुईः प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरू त यो बिछोडको जीरा धेरै कडा हुन्छ ! तीनः के भएको समय […]

Continue Reading

डा. ध्रुवचन्द्र गौतमको नयाँ बृहत् गद्य पुस्तक तयार

१३ बैशाख २०८२, काठमाडौं नेपाली वाङमयका शिखर आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमको नयाँ पुस्तक प्रकाशन भएको छ र छिटै सार्वजनिक हुने भएको छ । यसको नामाकरण “यी फूलहरु म कहाँ राखु” गरिएको छ । १५७ गद्य रचनाको यस सङ्ग्रह ठूलो आकारमा ५५० पृष्ठ रहेको छ । यो उनको असङ्कलित विविध गद्य रचनाको पुस्तक हो र […]

Continue Reading

मनु ब्राजाकी

नकुल सिलवाल   (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ मनु ब्राजाकी को परिचय।)  मनु ब्राजाकीलाई नजिकबाट पढ्ने र परिचित हुने अवसर स्व. कुमुद देवकोटाबाट प्राप्त भएको हुनुपर्छ मलाई । उहाँहरूको उठबस निकै नजिकको थियो । […]

Continue Reading

ट्रान्जिट ( नियात्रा )

रन्जुश्री पराजुली ट्रान्जिट शब्द नेपाली भाषामा आगन्तुकको रूपमा भित्रिए पनि आज भोलि यो नेपाली जनबोलिमा बारंबार घोटिने गरेको पाइन्छ ।संसार भरी हवाई यात्राको विकास द्रुतगतिले भएको सिलसिलामा यो शब्द पनि द्रुत गतिले नै सुनिन थालेको हो। । ट्रान्जिट एउटा छोटो शब्दले गहिरो अर्थ जनाउँछ छ । यात्रा गर्दा एक ठाउँबाट अर्को ठाउँ जाँदा केही समयको […]

Continue Reading