एकता समाजद्वारा साहित्यकार तथा समाजसेवीहरु सम्मानित

१५ साउन २०८२, काठमाडौं । एकता समाजले काठमाडौंमा आयोजना गरेको खीर खाने कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ, समाजसेवीहरु कृष्ण के. सी., देवराज शर्मा र अम्बिका अर्याललाई सम्मान गर्‍यो । यसैगरी सोही कार्यक्रममा एस एस फाउन्डेसन काठमाडौं, नेपालले साहित्यकार राधेश्याम लेकालीलाई नगद राशि रु. २५,०००/- (पच्चिस हजार)सहित सम्मान गर्‍यो । लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि संक्षिप्त सूचि प्रकाशित

१५ साउन २०८२, चितवन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै पद्मश्री साहित्य पुरस्कारका लागि छोटो सूचिमा समावेश कृति र कृतिकारको नाम सार्वजनिक गरेका छन् । जस अनुसार अब पुरस्कारका सम्भावित हकदार ५ साहित्यकारका तीन उपन्यास र दुई नियात्रा कृतिहरु प्रतिस्पर्धामा रहेका छन् । ती ५ कृतिहरूमा […]

Continue Reading

वरिष्ठ साहित्यकार, शिक्षक तथा समाजसेवी जगत क्षेत्री

भाष्कर मैनाली शर्मा, दार्जीलिङ जगत क्षेत्रीको पूरा नाम जगतकुमार क्षेत्री हो। उहाँको जन्म वि.सं. १९९३ साल भदौ ७ गते (सन् १९३६ अगस्ट २३) दार्जीलिङ सहर नजिकैको चाँदमारी नामक स्थानमा भएको थियो। उहाँका पिता दार्जीलिङ जिल्ला अदालतमा कार्यरत नैनसिंह क्षेत्री थिए भने माता पद्मावती क्षेत्री थिइन्। प्रारम्भिक शिक्षा दार्जीलिङ नगरपालिका बाल उच्चतर विद्यालयबाट प्राप्त गरेका उहाँले […]

Continue Reading

चन्द्रागिरि साहित्य सरोवरको पैंतालीसौं श्रृङ्खला

१० श्रावण २०८२, काठमाडौं चन्द्राागिरि नगरपालिका वडा नम्बर १५ तीनथानास्थित मुनाल क्लवमा मुनाल पुस्तकालयद्धारा आयोजित चन्द्रागिरी साहित्य सरोवरको ४५औँ शृङ्खला भानुभक्त आचार्य स्मृति विशेष विमर्श र रचना वाचन गरी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि डा.रमेश शुभेच्छुले नेपाली भाषा र साहित्यका क्षेत्रमा आदिकवि भानुभक्तको योगदान विशिष्ट रहेको उल्लेख गर्दै भानुभक्तलाई संसारभर नेपाली महाजति पुगेका […]

Continue Reading

‘गोपाल पाँडे असीम पुरस्कार’लक्ष्मी उप्रेतीलाई प्रदान गरिने

११ साउन २०८२, काठमाडौं विसं २०५० सालदेखि प्रदान गरिंदै आएको ‘गोपाल पाँडे असीम पुरस्कार’ यस वर्ष लेखिका तथा सम्पादक लक्ष्मी उप्रेतीलाई प्रदान गरिने निर्णय भएको नेपाली शिक्षा परिषद्ले जनाएको छ । परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्वमा हालै बसेको प्रबन्ध समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ रहेको छ […]

Continue Reading

पद्मश्री सानु लामाः एक संस्मरण

मुक्तिप्रसाद उपाध्याय मनुष्य जीवन परब्रह्मको अति नै अनमोल वरदान हो। जीवनको परिभाषा मानिस मानिसमा भिन्न भए पनि यथार्थमा ऊ बाच्नैपर्छ, जीवन सङ्घर्षमा ओर्लिनै पर्छ।  गाँस,बास र कपासका आफ्ना कर्महरूलाई छिचोल्दै केही समय उबारेर त्यसको उचित प्रयोग गर्नसक्ने मानिसको चिनारी अलग हुन्छ। जीवनमा आइपरेका दुःखका भारी एकछिन् बिसाउँदा गरिएको त्यस मुहूर्तको खुइयमा जसले आनन्द लिनसक्छ, भावनात्मक […]

Continue Reading

बुढानीलकण्ठ नगरपालिकामा जेष्ठ साहित्यकारहरू

९ साउन २०८२, काठमाडौं बुढानीलकण्ठ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जेष्ठ साहित्यकारहरूसँग भेटघाट एवम् रचना वाचन सम्पन्न गरेको छ। कार्यक्रममा कविहरू मोहन दुवाल,डा.कृष्ण सुवेदी,तोयनाथ तिवारी,हरिवंश किराँत,प्रदीप प्रधान,रघुनाथ पण्डित,गणेश राम लाछी,बुद्धिराज पाण्डे,गोविन्दप्रसाद आत्रेय,वियोगी बुढाथोकी,किशोर पहाडी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, मुकुन्द शर्मा चालिसे,कृष्ण बाउसे,रामबहादुर पहाडी,नरेन्द्र बहादुर श्रेष्ठ,राम विनय,शाक्य सुरेन,जय छाङ्छा,ओमप्रसाद कोइराला,गणेश मिश्र तथा अनिता लामाले आ-आफ्ना रचना वाचन गरेर सुनाएका […]

Continue Reading

नियत र नियति (कथा)

  श्रीराम सिंह बस्नेत फैसला सुनाएपछि सही गरेर न्यायाधीशले निबै भाँचिने गरी ठोसेर कलम हुत्याइदिए । अनि आसनबाट उठेर केही नबोली आफ्नो कक्षतर्फ लागे । इजलासमा जम्मा भएका अरु पनि उठे, त्यहाँ एउटा सन्नाटा छायो । न्यायाधीशले लामो फैसलामा के के कानुनी कुरा सुनाए, उसले केही पनि बुझेन । दायाँबायाँ प्रहरीले घेरिएर कठघरामा उभिएको उसले […]

Continue Reading

‘सन्नाटाका सुस्केरा’विमोचित

६ साउन २०८२, काठमाडौं सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा मंगलबार आयोजित एक कार्यक्रमका वीच डेनमार्क बस्दै आएका कवि प्रकाश सापकोटाद्वारा लिखित कविताकृति ‘सन्नाटाका सुस्केरा’ विमोचन सम्पन्न भएको छ । कार्यक्रमका अतिथिहरू दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली र कवि सापकोटाले सामुहिक रुपमा विमोचन गरेका थिए । कवि दिनेश अधिकारीले सबैभन्दा पहिले कविताले […]

Continue Reading

वासुशशी स्मृति परिषद्को पुनर्गठनः अध्यक्षमा कालीप्रसाद रिजाल

७ साउन २०८२, काठमाडौं । वासु शशी स्मृति परिषद्को साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ । परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा बसेको साधारण सभाले अध्यक्षमा कालीप्रसाद रिजाल, उपाध्यक्षमा श्रीओम श्रेष्ठ “रोदन”, सदस्य-सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरुमा क्रमशः ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशी चयन गरेको छ । यसैगरी परिषद्को संरक्षकमा […]

Continue Reading