कविता यात्राका सहभागीलाई सम्मान

समाचार

२ माघ २०८०, काठमाडौं

साहित्यिक पत्रकार संघले हिजो “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाशचन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नीता श्रेष्ठ, डा. बुनु दाहाल र नवीन शाही, चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी र रितु कंडेल, बालनृत्यकार रन्जना थपलिया, पत्रकारहरु गोकर्णप्रसाद भण्डारी, चिरञ्जीवी मास्के, जीवन लामा र पुष्पा थपलिया तथा समाजसेवी रुद्र थपलियालाई सापसले गत पुस ४-६ गतेसम्म शैलुङमा आयोजना गरेको कविता यात्रामा सहभागी भएबापत सम्मान गरेको हो ।

स्मरणीय छ, कविता यात्रामा शैलुङमा स्रष्टा घर निर्माण गर्नको लागि शिलान्यास गरिएको थियो । घर निर्माण गर्न जग्गा र निर्माणकोको लागि लगानी तथा कविता यात्राको लागि वातावरणसमेत बनाउन सहयोग गर्नु भएकोले समाजसेवी एवं गीतकार शोभित उप्रेतीलाई सम्मान गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु शोभित उप्रेती, अधिवक्ता दिनेश त्रिपाठी तथा समाजसेवी नवीन शाहीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कविता यात्राका सहभागी सर्जकहरुले आआफ्नो अनुभव र कविता यात्राको चर्चा, रचना वाचन र गीत प्रस्तुत गरेका थिए ।

सोही अवसरमा भारत सरकारको निम्तोमा अयोध्या जान लागेकामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र पत्रकार ज्ञानेन्द्र कार्कीलाई विदाई गरिएको थियो ।

000

Leave a Reply

Your email address will not be published. Required fields are marked *