राष्ट्रिय वाणिज्य बैंकमा विशेष कवि गोष्ठी सम्पन्न

१५ माघ २०८०, काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको अवसरमा भूगोल साहित्य समाज तथा राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घको संयुक्त आयोजनामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ। उक्त विशेष कवि गोष्ठीमा कविहरू सर्वश्री किशोर पहाडी, प्रमोद प्रधान,विधान आचार्य,वियोगी बुढाथोकी,कलानिधि दाहाल,नारायण तिवारी,नरेन्द्रराज पौडेल,पवन आलोक,जय छाङ्छा, सुभाषचन्द्र पौडेल’भीमफेदीया’,विमल भौकाजी,भीष्म उप्रेती, वासुदेव गुरागाई,प्रोल्लास […]

Continue Reading

चार कविता

  मूलः ईभा पेट्रापुलु लानु अनुवादः गोविन्द गिरी प्रेरणा   १, आमा   आमा सबै रोगका चिकित्सक हुन् आमा सबैले मन पराउने मुलुक हुन् नजितीकन कसैलाई आमा खुशी र पीडा हुन् आमा शक्तिकी श्रोत हुन् आमा क्षमाशील छिन् एउटा शब्द ईश्वर निर्मित सारा जनलाई क्षमा गर्न भन्नुहोस् यो सधैं बोलाउनोस् यदि तिमीलाई जंजिरले बांध्यो भने […]

Continue Reading

उदय निरौलाको कविता सङ्ग्रह “सुदूर गाउँबस्तीहरुमा” विमोचन हुँदै

१५ माघ २०८०, काठमाडौं कवि उदय निरौलाको ताजा कविता सङ्ग्रह “सुदूर गाउँबस्तीहरुमा” विमोचन हुन लागेको छ । गद्यमा पनि कलम चले पनि उनी कविता विधामै बढी परिचित छन् । बिमोचन कार्यक्रम निम्न मिति, स्थान र समयमा हुनेछ ; मितिः २० माघ २०८० शनिवार समयः १२:१५ बजे स्थानः ग्रिनलिफ फूड, पुतलीसडक

Continue Reading

आमा छोरीको नियात्रा कृति बिमोचन हुँदै

१५ माघ २०८०, काठमाडौं छन्द कविताको सशक्त हस्ताक्षर तथा नियात्राकार भवानी खतिवडा खतिवडा र उनकी छोरी आस्था भट्टराइका नियात्रा कृतिहरु एकैदिन एकसाथ विमोचन हुन लागेको छ । नियात्रा विधामा यो दृष्टान्त हुन सक्छ, यसअघि आमा छोरीको नियात्रा कृति सम्भवतः एकसाथ विमोचन भएको थिएन । साथै नियात्राकार भएको र पुस्तक प्रकाशित भएको पनि नयाँ दृष्टान्त हुन […]

Continue Reading

दीपक समीपको लघुकथा सङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण

१३ माघ, काठमाडौं साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण काठमाडौँको सर्वनाम थियटरमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,सभाध्यक्ष भुवनहरि सिग्देल, बक्ताहरु डा. ज्ञानु अधिकारी र डा. ईश्वरमणि अधिकारी  तथा लेखकले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरूले सरकार र संविधानभित्रका कमजोरीमाथि […]

Continue Reading

‘स्मृतिमा शान्तदास’ कार्यक्रम सम्पन्न

१२ माघ २०८०, काठमाडौं देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको कार्यालय अनामनगरमा ‘स्मृतिमा शान्तदास’ कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा बक्ताहरु निनु चापागाईं, प्रा. डा. मुकेश चालिसे , रामबाबु सुवेदी, मातृका पोखरेल, तुलसी सायमी, कृष्णमोहन जोशीले शान्तदासको नेपाली साहित्यमा योगदान बारे बिबिध कोणबाट धारणा राखेका थिए । देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको […]

Continue Reading

४९ औं शंकर लामिछाने स्मृति दिवस सम्पन्न

१० माघ २०८०, काठमाडौं । नेपाली साहित्यका निबन्ध बिधाका शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवस एक विशेष कार्यक्रमको आयोजना गरी उनको योगदानको बारेमा चर्चा गरियो । कार्यक्रममा प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ “रोदन”ले शंकर […]

Continue Reading

स्मार्ट घडी

सुभाषचन्द्र पौडेल “भीमफेदीया”   सानै छँदा मस्त निदाइरहेका बेला कामकाजी बुबाले राति कुन बेला आएर खुसुक्क मेरो देब्रे हातमा रङ्गीन आलुघडी बाँधिदिएर बिहान सखारै पुनः आफ्नो काममा हिँडिसकेछन् म झल्यास्स ब्यूँझिएर हेर्दा आफ्नो हातमा घडी देखेपछि यति खुशी भएछु कि त्यो हर्ष अनि आनन्दको म बयान गर्न नै सक्दिनँ घर-परिवारका सदस्यहरूले मेरो हातको घडी नदेख्ने […]

Continue Reading

सिलगढीमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अनुवादक पुरस्कार प्रदान

६ माघ २०८० माघ, सिलगढी, भारत  युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढीले एक समारोहको आयोजना गरी “युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा.डा. अभि सुवेदी तथा “लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा. डा. गोकुल सिन्हालाई कार्यक्रममा प्रमुख अतिथि जिटिए चेयरम्यान अञ्जुल चौहानले पुरस्कार समर्पण […]

Continue Reading

कवि नारायण गोदारे रहेनन्

७ माघ २०८०, काठमाडौं ५० वर्षदेखि नेपाली साहित्यको विशेषतः कविता काव्यमा समर्पित साहित्यकार नारायण गोदारे अर्थात् नारायणप्रसाद बास्कोटाको ७ माघ २०८० का दिन उपचारको क्रममा निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित उनी चाबहिलस्थित मेडिकेयर अस्पतालमा उनको निधन भएको हो । उनको जन्म विसं २०११ साल फागुन ७ गते धनुषाको गोदारमा जन्मेका थिए । […]

Continue Reading