७ चैत २०८०, काठमाडौं
साहित्यिक पत्रकार संघले विसं २०३९ सालदेखि वर्षेनी प्रदान गर्दै आइरहेको नेपाली वाङ्मयका बरिष्ठ कवि एबम् तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपती केदारमान ब्यथितका नाममा स्थापित “ब्यथित काब्य पुरस्कार” विसं २०८० का लागि कवि ठाकुर बेल्वासेलाई प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी केही वर्षअघि देखि प्रदान गर्न शुरु गरिएको “ब्यथित काब्य डायस्पोरा सम्मान” २०८० का लागि कवि खेमनाथ दाहाललाई प्रदान गर्ने निर्णय भएको छ ।
कवि तथा समालोचक प्रमोद प्रधानको संयोजकत्वमा पद्मावती सिंह तथा श्रीओम श्रेष्ठ रोदन सम्मिलित चयन समितिले सिफारिस गरे अनुसार साहित्यिक पत्रकार संघको कार्य समितीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
