लीलाध्वज थापा पुरस्कार ज्ञानमणी नेपाललाइ

१४ असार २०८०, काठमाडौं काठमाण्डौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार यस वर्ष इतिहासविद तथा साहित्यकार श्री ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाले जनाएका छन् । भोजपुर जिल्लाको सिक्तेल, बितलपमा बि. सं.१९८९ सालमा जन्मिएका श्री नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य रसंस्कृति वाङ्मयमा विशिष्टता प्राप्त […]

Continue Reading

पन्ध्र असार

क्षेत्रप्रताप अधिकारी   आज पन्ध्र असार- हिलो खानु पर्थ्यो दहीच्यूरा खानु पर्थ्यो तिमी मेलामा आइनौ असारे गाएर अलिकति म्वाइँ खानु पर्थ्यो सहकाल होला नहोला अब समय खिइदै गएको छ तिमीलाई देख्दा देख्दा सपना पनि बूढो भएकोछ । चौबन्दीको काखी सुँघेर रातहरू काटेको छु अनिदा दिनहरू उँघेर जीर्ण जर्सी फाटेको छु मरी जाने दुई दिने चोला फेरि भेट होला कि नहोला ! मनको छाँगाबाट खसेको माया दुखेको छु म वनको हाँगाबाट झरेको छायाँ सुकेको छु म तिम्रो खोरियामा रोपेको भन्टाको स्वाद सर्केर खोकिरहेछु म टर्रो हर्रो टोकिरहेछु म – अब त घरबारेको घाँटी खसखसाउन पनि छोडेछ क्यारे पैले मैले बिराएको खोल्सो खहरेले पो गोडेछ क्यारे सकिनसकी काटेको कुलो कसैले कतै मोडेछ क्यारे अनदीको चाम्रे चपाउने रहर सारो सिरौंला पल्टेर दाँतमा ढुङ्गो लागिरहेछ फुलेको बैंस बिर्सेर मोरो तन्नेरी मन जिन्दगी कोक्याउँदै भागिरहेछ । छोटकरीमा यसो भनौं: तिमी बिरौटोमा लहलह बासमती म समयले बगाएको गाम तिमी ज्योतिर्गामी उषा म डुब्न लागेको घाम । कवि परिचयः क्षेत्रप्रताप अधिकारी ( विसं १९९९- २०७०) गामवेसीका कवि” हुन् । […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनौट

१५ असार २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०६३ देखि बर्षेनी प्रदान गर्दै आइरहेको “पद्मश्री साहित्य पुरस्कार” २०७९ का लागि १५ कृतिको छनौट भएको भएको सो प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्ति अनुसार जानुका खतिवडाको आतोओडा, सुविन भट्टराईको ईजोरिया, विवेक ओझाको ऐंठन, गोपि सापकोटाको चिसो वाफ, प्रगति राईको […]

Continue Reading

लोकप्रिया पुरस्कारको घोषणा

१५ असार २०८०, काठमाडौं   साहित्यिक पत्रकार संघको हालै बसेको कार्य समितिको बैठकले विसं २०६४ सालदेखि स्थगित लोकप्रिया पुरस्कार चयनका लागि गठित समितिको सिफारिस अनुसार पुरस्कृतहरुको नाम अनुमोदन गरेको छ । विसं २०६२ तथा २०६३ को लागि निर्णय भए पनि पुरस्कार दिन बाँकी सहित १८ वर्षको पुरस्कार १८ नारी श्रष्टालाई आगामी असार २३, २०८० का […]

Continue Reading

साहित्यकार विर्खे अन्जान पुरस्कृत

१२ असार, २०८०, हेटौंडा सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश सरकारको प्रदेश युवा परिषदहेटौंडाको यही असार ११ र १२ गते सम्पन्न राष्ट्रिय युवा सम्मेलन २०८० काअवसरमा “मोफसलमा रहेर साहित्यको क्षेत्रमा उदाहरणीय योगदानको उच्चमूल्यांकन “ भन्दै रू २५ हजार नगद र प्रमाणपत्रले कवि तथा समालोचक विर्खेअन्जानलाई पुरस्कृत गरिएको छ । उनलाई राष्ट्रिय युवा सम्मेलनको दोश्रो दिम १२ […]

Continue Reading

लघुकथा प्रतिष्ठान पोखराको अध्यक्षमा लक्ष्मण थापा

१२ असार २०८०, पोखरा   लघुकथा प्रतिष्ठान पोखराको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।  प्रतिष्ठानले जनाए अनुसार लक्ष्मण थापा अध्यक्षमा चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा कल्याण पन्त, सचिवमा अमृत क्षेत्री तथा कोषाध्यक्ष गीता तिवारी चयन भएका छन् । कार्यसमितिका सदस्यहरुमा डा. ईश्वरमणि अधिकारी , दीपक समीप र शोभा लामिछाने रहेका छन्। कार्य समितिका […]

Continue Reading

साहित्यकार भीमप्रसाद लामिछानेको निधन

१२ असार, २०८० भैरहवाका साहित्यकार भीमप्रसाद लामिछानेको १२ असार २०८० का दिन निधन भएको छ । उनको जन्म विसं १९९८ साल भदौ २ गते भएको थियो । विसं २०२४ सालमा उनको “गुयेंत्रो” हास्यब्यङ्ग्य निबन्ध सङ्ग्रह खित्का प्रकाशन, हिमाली सङ्गम भैरहवाबाट प्रकाशित भएको थियो । तत्कालीन समयमा निकै ओजपूर्ण हास्यब्यङ्ग्य कृति लेख्ने उनले पछि लेखनलाई निरन्तरता […]

Continue Reading

व्यङ्ग्य: दार्जिलिङे फुटबल मैदानका टेसिलो भाषा

कृष्ण प्रधान, भारत    आउनोस् श्रोताहरू तपाईलाई म एकक्षण फुटबल मैदानमा लान्छु । देख्नुभो होइन । अब केही बेरमै यहाँ फुटबल म्याच शुरु हुनेछ। देख्नुभो हजूररु हेर्नोस् ता भित्ताभरि टाउकै-टाउको। फुटबल म्याच हेर्न बऱ्याम मानिसहरू । ग्वारग्वारती आइरहेछन् । लु सुन्नुहोस् । पारी भित्ताबाट आएका आवाजहरू- किप्पर कस्तो ?- चुम्बकजस्तो । ब्याक कस्तो ?- भित्ताजस्तो […]

Continue Reading

गजल

आचार्य प्रभा सहँदै हजार पीडा पनि, आँसु पिएर बाँच्दैछु म बजारिएथ्यो परेड छातिमाथी,सहेर बाँच्दैछु म । गरेकै हूँ गल्ति मैले, छलूँ कसरी चोखो छु भनी ? डुब्दै पश्चातापमा आफ्नै, दिल थामेर बाँच्दैछु म । निस्सासिएँ चोटमा, अचानो झैं छिया छिया भई निको पार्न आलो घाउ, मल्हम बनेर बाँच्दैछु म । जिउनु छ यहाँ छ्ट्पटिईं, जिउँदो […]

Continue Reading

लेखिका दुर्गादेवी नेपालको निधन

१२ असार २०८०, काठमाडौं “उनैको माया” कविता सङ्ग्रह (विसं २०७०) तथा “बगेको खोला” आत्मकथा कृतिकी लेखिका दुर्गादेवी नेपालको ८६ बर्षको उमेरमा १२ असार २०८० का दिन घट्टेकुलोस्थित नईगृहमा निधन भएको छ । उनको जन्म १९९५ असोज १६ गते भएको थियो । स्व. दुर्गादेवी लेखिका ईन्दिरा प्रसाईंकी आमा हुन् र पछिल्लो समय उनी ईन्दिरा प्रसाईं तथा […]

Continue Reading