साहित्यकार होमनाथ सुवेदीलाई पत्नीशोक

समाचार

१६ जनवरी २०२४, वाशिङ्टन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी नन्दादेवी सुवेदीको १५ जनवरी २०२४ अर्थात् १ माघ २०८० का दिन सेन्तारा अस्पताल, वुडब्रिजमा निधन भयो ।
४ माघ २००३ मा म्याग्दीमा जन्मेकी उनी ७७ बर्षकी थिइन् ।
करिव ७ बर्षअघि मष्तिष्कघात भै अश्वस्थ रहेकी उनी निरन्तर उपचारको क्रममा थिइन् ।
अनेसासको स्थापनाकालदेखि नै संस्थाको गतिबिधिमा होमनाथ सुवेदीलाई साथ र सहयोग दिंदै आएकी उनको लोकगीत गाउने प्रतिभा थियो । वर्षेनी भानु जयन्ती वुडब्रिजमा गर्ने परम्परामा उनको गतिबिधि, साथ र सहयोगलाई सबैले तारिफ गर्ने गर्दथे ।
अनेसासमा उनका भाई भीमप्रसाद रेग्मी,छोरा पुरु सुवेदी र रितादेवी प्रधानले उनको नाममा लोक साहित्य पुरस्कारको पनि स्थापना गरेका छन् ।
उनका दुई छोराहरु पुरु सुवेदी र प्रकाश सुवेदी तथा एक छोरी कल्पना सत्याल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *