रत्न बुक्स विश्वभरि पुस्तक वितरण गर्ने अभियानमा

समाचार

१९ जनवरी २०२४, वाशिंटन डिसी

नेपालको पुरानो नीजि क्षेत्रको पुस्तक प्रकाशक तथा वितरक रत्न पुस्तक भण्डारले अनलाइन मार्फत विश्वका नेपाली भएका सबैजसो ठाउँमा माग अनुसार पुस्तक वितरण गर्ने लक्ष राखेको रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठले वताएका छन् ।
उनले विश्वरिक्रमालाई जानकारी गराए अनुसार युरोप अमेरिका लगायत विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली वा कसैले shopratnaonline.com मार्फत पुस्तकको सूचि हेर्न तथा पुस्तक अर्डर गर्न सक्छन् ।
प्राप्त जानकारी अनुसार विदेशमा बस्ने नेपाली भाषीले यसरी घरमै पुस्तक पाउँदा खुशी भएका छन् ।

000

Leave a Reply