डुवर्सेली नेपाली साहित्यालोचना एक सर्को अध्ययन

नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यको विकासमा डुवर्सको योगदान उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक कृतिहरू प्रकाशित भइरहेका छन्। ती प्रकाशित केही कृतिहरूको समीक्षण र मूल्याङ्कन थोरै मात्रामा भए पनि भइरहेका छन्। डुवर्सका आफ्नै संसार छ, आफ्नै सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक, राजनैतिक, […]

Continue Reading

“नेपाली नाट्यविमर्श” दार्जिलिङमा लोकार्पित

नोभेम्वर २०२४, दार्जिलिङ नेपाली नाट्य प्रतिष्ठान पोखराको प्रकाशन “नेपाली नाट्यविमर्श” दार्जिलिङमा भरतीय नेपाली नाट्यप्रतिष्ठान र गोर्खा दुःख निवारक सम्मेलनको संयुक्त आयोजनामा लोकार्पण भएको छ । यस कृतिको सम्पादन रामचन्द्र पोखरेलले गरेका हुन् । यस कृतिमा नेपाल र भारतका नेपाली नाटकको बृहत् इतिहास समेटिएको छ । साथै केही समकालीन नाटककारका अन्तर्वार्ता र केही प्रतिनिधि नाटकहरू पनि […]

Continue Reading

धुवाँ (अमसीया कविता)

कवि – समीर ताँती अनुवाद – मुक्तिप्रसाद उपाध्याय मठ मन्दिर र दरगाहरूले मभित्र आङ तान्छन् कैयौँ अप्सरा र गन्धर्वहरू कैयौँ किन्नर-किन्नरी, यक्ष आएर बसेका छन् साधु सन्यासी, फकिरको छेउमा रातले कोल्टे फेरेको छ मेरो शरीरमा उम्रिएका छन् हजारौं वर्षे बोट-बिरुवा, फूल-पात-जरा चरा, पशु र सरीसृपका पाइला उडिरहेको छ हजारौँ वर्षे धूलो हजारौं वर्षको हिलो-पानीमा कुहि […]

Continue Reading

पृथ्वीमा उसको प्रेमको अवतरण

रामगोपाल आशुतोष प्रेम के होइन ? त्यो दुनियाँलाई थाहा छ । प्रेम के हो त्यो दुनियाँलाई थाहा छैन । प्रेम त्यो हो जुन पाउन संसार बदल्नेहरू जीवनभर बाँच्न पाएनन् । प्रेम त्यो होइन जसका लागि मानिस प्रेम गर्छु भन्छन् । प्रेम गर्ने फुर्सद नभएका प्रेम गर्ने शिल्पका अज्ञानी प्रेम गर्ने कला नजानेका प्रेम गर्ने फुर्सदबाट […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

२४ कार्तिक २०८१, चितवन नेपाली साहित्यको वर्षभरि लेखिएका उत्कृष्ट आख्यानलाई प्रदान गरिने कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ । २०८० सालमा प्रकाशित आख्यानका कृतिहरुमा प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय भएको थियो । कार्यक्रममा महेश पौड्यालले उपन्यासमाथि मूल मन्तव्य राखेका थिए । डा. एक नारायण पौड्यालले पुरस्कृत उपन्यास माथि समीक्षात्मक […]

Continue Reading

“बगर” का सर्वश्रेष्ठ दस

नकुल सिलवाल (नेपाली साहित्यलाई व्यापक बनाउन, लेखकका रचनाहरू फुटकर रूपमा प्रकाशन गरेर लेखकलाई मञ्च दिन, परिचित गराउन र सार्वजनिक बहसको वातावरण सिर्जनाको लागि साहित्यिक पत्रिकाको ठूलो महत्त्व छ । यसै क्रममा तीसको दशकमा प्रकाशन सुरु भएको “बगर” साहित्यिक पत्रिकाको आफ्नै पहिचान र योगदान रहेको छ । आफ्नो जीवनको महत्त्वपूर्ण समय र ऊर्जा बहुमुखी प्रतिभाका धनी […]

Continue Reading

संविधानमै छैन (लघुकथा)

मित्र ‘उराठी’ गौतम   “हाम्रो माग पुरा गर ! पुरा गर !! पुरा गर !!!” शान्तिपूर्ण रूपमा नारा लगाइरहेका थिए उनीहरूले। माइतीघर मण्डलामा नारा लगाइरहेका उनीहरुको संख्या पुग-नपुग डेढ सय थियो होला तर त्यो भन्दा ठूलो थियो रमितेहरूको सङ्ख्या। हुन पनि किन नहोस् ? यस्तो जुलुस त रमितेहरूले पहिलो पटक देखेका थिए काठमाडौंमा। सबै विदेशीहरू […]

Continue Reading

स्रष्टा कुमार काफ्लेको ‘सपना कतिपय’ को परिचर्चा सम्पन्न

२२ कात्तिक २०८१, भक्तपुर सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कथाकार कुमार काफ्लेको लघुकथा कृति ‘सपना कतिपय’ माथि परिचर्चा सम्पन्न भएको छ । । सो कार्यक्रममा समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा. विदुर चालिसे, दीपक लोहनी, डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले कृतिका रचनाहरूको विविध दृष्टिकोणले चर्चा गरे । कार्यक्रममा स्रष्टा काफ्लेले आफ्नो लेखन […]

Continue Reading

चेतन कार्कीको ८६औं जन्म जयन्ती मनाइयो

२२ कार्तिक २०८१, काठमाडौं चेतन कार्की प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्देशक, गीतकार एवं संस्कृति विद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनायो । कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरु मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र, के. सी., नेपाल चलचित्र विकास […]

Continue Reading

बाल साहित्यका सर्जक गोपाल पराजुलीको निधन

२० कार्तिक २०८१ काठमाडौं बाल साहित्यका स्रष्टा गोपाल पराजुलीको काठमाडौंमा निधन भएको छ । वि.सं .२००२ जेठ ९ गते काभ्रेको भमरकोटमा जन्मेका उनी वि.सं. २०२१ सालमा गोरखापत्र दैनिकमा “सम्पादकलाई चिठ्ठी रचना प्रकाशन गरी साहित्य लेखनमा प्रवेश गरेका थिए । उनका “केही राष्ट्रिय विभूति” ३ भाग, “हाम्रा केही प्रसिद्ध साहित्यकार” ६ भाग, “नानीको बानी”(बाल निबन्ध सङ्ग्रह), […]

Continue Reading