२० कार्तिक २०८१ काठमाडौं
बाल साहित्यका स्रष्टा गोपाल पराजुलीको काठमाडौंमा निधन भएको छ ।
वि.सं .२००२ जेठ ९ गते काभ्रेको भमरकोटमा जन्मेका उनी वि.सं. २०२१ सालमा गोरखापत्र दैनिकमा “सम्पादकलाई चिठ्ठी रचना प्रकाशन गरी साहित्य लेखनमा प्रवेश गरेका थिए ।
उनका “केही राष्ट्रिय विभूति” ३ भाग, “हाम्रा केही प्रसिद्ध साहित्यकार” ६ भाग, “नानीको बानी”(बाल निबन्ध सङ्ग्रह), “रुपाको साहस”(बाल कथा सङ्ग्रह), “एक दिनको यात्रा”(बाल उपन्यास), पच्चीस प्रतिभा”(जीवनी सङ्ग्रह), “समयका डोबहरू” (कविता सङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् ।
उनले शिक्षा विभागको प्रकाशन “शिशु पत्रिका” समेत सम्पादन गरेका थिए ।
उनले राष्ट्रिय बाल पुरस्कार, बाल कथा पुरस्कार, बाल हितकारी पुरस्कार, बाल साहित्य पुरस्कार, देवकुमारी वाल साहित्य पुरस्कार, सृजना सम्मान लगायतका पुरस्कार र सम्मानहरु प्राप्त गरेका थिए ।
उनलाई रत्न बालकोष तथा बाल साहित्य समाजबाट अभिनन्दन समेत गरिएको थियो ।
उनी वानेश्वर काठमाडौंमा बसोबास गर्दथे ।