“नेपाली नाट्यविमर्श” दार्जिलिङमा लोकार्पित

समाचार

नोभेम्वर २०२४, दार्जिलिङ

नेपाली नाट्य प्रतिष्ठान पोखराको प्रकाशन “नेपाली नाट्यविमर्श” दार्जिलिङमा भरतीय नेपाली नाट्यप्रतिष्ठान र गोर्खा दुःख निवारक सम्मेलनको संयुक्त आयोजनामा लोकार्पण भएको छ ।
यस कृतिको सम्पादन रामचन्द्र पोखरेलले गरेका हुन् ।
यस कृतिमा नेपाल र भारतका नेपाली नाटकको बृहत् इतिहास समेटिएको छ । साथै केही समकालीन नाटककारका अन्तर्वार्ता र केही प्रतिनिधि नाटकहरू पनि समावेश गरिएका छन् ।
सो कार्यक्रममा प्रतिष्ठानका सभापति रामचन्द्र पोखरेल , सीके श्रेष्ठ र अशेष मल्लले नेपाली नाटकको लेखन , मञ्चनका विविध पक्षबारे मन्तव्य प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *