चेतन कार्कीको ८६औं जन्म जयन्ती मनाइयो

मुख्य समाचार

२२ कार्तिक २०८१, काठमाडौं

चेतन कार्की प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्देशक, गीतकार एवं संस्कृति विद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनायो ।
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरु मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र, के. सी., नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी. सी., नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चर्चित गायक प्रेमराजा महत, वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौला, कार्यसमिति सदस्य राधेश्याम लेकाली र चेतन कार्कीका नातिनी मदालसाश्री कार्की लगायतले चेतन कार्कीको योगदानको चर्चा गरेका थिए ।
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कलाकार मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको गीत चर्चित गीत “कान्छी हे कान्छी “गाएकी थिइन् । त्यस्तै लोक गायक प्रेमराजा महतले भुँवरी फिल्मको गीत “यो मायाको मोहनी आँखा” बोलको गीत गाएका थिए ।
प्रतिष्ठानका महासचिव मुरारि सिग्देलले कार्यक्रम संचालन सञ्चालन गरेका थिए ।

(मुरारि सिग्देल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *