कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

मुख्य समाचार

२४ कार्तिक २०८१, चितवन

नेपाली साहित्यको वर्षभरि लेखिएका उत्कृष्ट आख्यानलाई प्रदान गरिने कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
२०८० सालमा प्रकाशित आख्यानका कृतिहरुमा प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय भएको थियो ।
कार्यक्रममा महेश पौड्यालले उपन्यासमाथि मूल मन्तव्य राखेका थिए । डा. एक नारायण पौड्यालले पुरस्कृत उपन्यास माथि समीक्षात्मक मन्तव्य राखेका थिए |
कार्यक्रममा पुरस्कृत कृतिका स्रष्टा कृष्ण गौतमले मन्तब्य प्रकट गरेका थिए ।
समारोहलाई कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समेत सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *