२२ कात्तिक २०८१, भक्तपुर
सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कथाकार कुमार काफ्लेको लघुकथा कृति ‘सपना कतिपय’ माथि परिचर्चा सम्पन्न भएको छ ।
। सो कार्यक्रममा समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा. विदुर चालिसे, दीपक लोहनी, डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले कृतिका रचनाहरूको विविध दृष्टिकोणले चर्चा गरे ।
कार्यक्रममा स्रष्टा काफ्लेले आफ्नो लेखन यात्रा र लघु कथा सिर्जनाको बारेमा आफ्नो भनाइ राखेका थिए ।
सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले नेपाली साहित्यमा ‘सपना कतिपय’ लघुकथा सङ्ग्रह आउनु खुसीको कुरा हो भन्दै शुभकामना तथा बधाई दिएका थिए ।
सो अवसरमा सिर्जना अभियान समाजको तर्फबाट ‘सपना कतिपय’ कृतिको सफलताको कामना गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रम पद्मा खयरगोलीले सञ्चालन गरेका थिए ।
हार्दिक आभार 🎈🎀🎁❤️