२८ चैत २०८२, भक्तपुर
“पुष्प पराग साहित्यिक प्रतिष्ठान ” लोकन्थलि भक्तपुर ले लेखक किरण आचार्य नेपालगन्ज मा बसेर साहित्यका बिबिध बिधाहरु , कबिता कथा तथा पौराणिक बिषयमा उपन्यास लेखेर नेपाली साहित्य लाई पुर्याउनु भएको योगदानको कदर गर्दै “पुष्पपराग बि.के.स्मृति पुरस्कार २०८२” बाट सम्मान गरेको छ।
उक्त कार्यक्रमको अध्यक्षता टिएन भट्ट बिश्वामित्र ले गरेका थिए । यसका प्रमुख खतिथि नेपाल प्रज्ञाप्रतिष्ठान का पूर्ब उपकुलपति डा. बिष्णुबिभु घिमिरे रहेका थिए ।
त्यसै दिन आचार्य केशब शरण उपाध्याय द्वारा स्थापित संस्था ” शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठान ,काठमाडौं ले किरण आचार्यको लेखनीको उच्च मुल्यांकन गर्दै अभिनन्दन गरेको थियो । उक्त कार्यक्रम को प्रमुख अतिथि प्रसिध्द लेखक एवं भ्रष्टाचार बिरुद्ध का अभियन्ता भरत जङ्गम रहेका थिए ।
०००
