योगमाया पुरस्कार वितरण २२ असारमा

१६ असार, २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना गर्दैछ । यस वर्ष अर्थात् विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान चन्द्रबहादुर वस्नेतलाई प्रदान गरिने यसअघि नै […]

Continue Reading

लघुकथा प्रतिष्ठान पोखराको अध्यक्षमा लक्ष्मण थापा

१२ असार २०८०, पोखरा   लघुकथा प्रतिष्ठान पोखराको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।  प्रतिष्ठानले जनाए अनुसार लक्ष्मण थापा अध्यक्षमा चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा कल्याण पन्त, सचिवमा अमृत क्षेत्री तथा कोषाध्यक्ष गीता तिवारी चयन भएका छन् । कार्यसमितिका सदस्यहरुमा डा. ईश्वरमणि अधिकारी , दीपक समीप र शोभा लामिछाने रहेका छन्। कार्य समितिका […]

Continue Reading

साहित्यकार भीमप्रसाद लामिछानेको निधन

१२ असार, २०८० भैरहवाका साहित्यकार भीमप्रसाद लामिछानेको १२ असार २०८० का दिन निधन भएको छ । उनको जन्म विसं १९९८ साल भदौ २ गते भएको थियो । विसं २०२४ सालमा उनको “गुयेंत्रो” हास्यब्यङ्ग्य निबन्ध सङ्ग्रह खित्का प्रकाशन, हिमाली सङ्गम भैरहवाबाट प्रकाशित भएको थियो । तत्कालीन समयमा निकै ओजपूर्ण हास्यब्यङ्ग्य कृति लेख्ने उनले पछि लेखनलाई निरन्तरता […]

Continue Reading

जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारको घोषणा

१० असार, २०८० असार धनगढीस्थित कैलाली जनपुस्तकालयद्वारा संचालित जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार पोखरेली स्रष्टा एवम् छन्द बचाऊँ अभियान-२०५३ का संचालक छन्दनायक माधव वियोगीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कार असार २९ गते भानु जयन्तीका दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ । कैलाली जनपुस्तकालयका अध्यक्ष एवम् सुदूर पश्चिम प्रज्ञा […]

Continue Reading

योगमाया नारी स्रष्टा सम्मान र अभियन्ता सम्मान घोषणा

काठमाडौं, ९ असार २०८० नेपाल स्रष्टा समाजले वर्षेनी प्रदान गर्दै आइरहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ को घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले विसं २०८० को ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिध्द लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई तथा  ‘योगमाया न्यौपाने अभियन्ता […]

Continue Reading

विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न

९ असार, २०८०, काठमाडौं यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि  प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ । प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि […]

Continue Reading

“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित

२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]

Continue Reading

असमकी नैनालाई युवा अकादमी पुरस्कार

२३ जून २०२३ भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ । उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो । साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा […]

Continue Reading

विश्वका राष्ट्रिय गान नेपालीमा आउँदै

काठमाडौं ७ असार, २०८० नेपाल वाङ्मय फाउण्डेसनले विश्वका संयुक्त राष्ट्र संघसँग आवध्द १९५ देशका राष्ट्रिय गानको नेपाली अनुवाद बजारमा ल्याउने भएको छ । नेपाली बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा समर्पित हुने उद्देश्यका साथ स्थापित नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा यो पुस्तकको विमोचनसँगै शुरू हुनेछ । विश्वका राष्ट्रिय गानका प्रमुख अनुवादक प्रदीप निरौला रहेका छन् भने अन्य […]

Continue Reading

“सगरमाथा एक पहाडको नाम होइन” विमोचित

४ असार, २०८०, तानसेन वरिष्ठ  साहित्यकार चोलेश्वर शर्माको नव प्रकाशित कृति “सगरमाथा एक पहाडको नाम होइन”  तानसेनको धवल पुस्तकालयमा एक समारोहका वीच  प्रा. डा. गोविन्दप्रसाद भट्टराईले  विमोचन गरे  ! सो कृतिमाथि  दीन पन्थी , वनमाली निराकार र विजय सागरले समीक्षा गरेका थिए । स्मरणीय छ, चोलेश्वर शर्मा हास्य ब्यङ्ग्य विधाका हस्ती हुन् र पाल्पालाई नै […]

Continue Reading