आज २ जुलाईः हरिभक्त कटुवाल जन्म जयन्ती

व्यक्ति बृत्त समाचार

२ जुलाई २०२३

नेपाली भाषाका ख्यातिप्राप्त कवि तथा गीतकार हरिभक्त कटुवालको आजकै दिन २ जुलाई १९३५ भारतको वोगिविल, डिब्रुगढ आसाममा जन्म भएको थियो ।
उनका प्रकाशित कृतिहरु सम्झना (सन् १९६०) गीत सङ्ग्रह, ऐतिहासिक कथा सङ्ग्रह (सन् १९६१), भित्री मान्छे बोल्न खोज्छ( सन् १९६२) कविता सङ्ग्रह, सुधा (विसं २०२२) खण्डकाव्य, स्पष्टिकरण (विसं २०३०)कथा सङ्ग्रह, बदनाम मेरा यी आँखाहरु(विसं २०४४) जीवनकालमा प्रकाशित भएका थिए । मरणोपरान्त उनका फुटकर कविताहरु “हरिभक्त कटुवालका कविता” साझा प्रकाशनबाट प्रकाशित भएको थियो ।
उनको “पोखिएर घामको झुल्का …”गीत नारायण गोपालले गाएपछि त्यो गीत नेपाली जनजनका ओठमा झुण्डिएको थियो ।
उनी आसाममा जन्मे हुर्किए, नेपालमा उनले ख्यातिप्राप्त कवि र गीतकारको प्रतिष्ठा कमाए र जीवनको अन्तिम समयमा आसाममा फर्किए र उनको देहावसान १० सेप्टेम्वर १९८० मा डिब्रुगढ असममै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *