२० असार २०८०, काठमाडौं,
नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार डी. आर. पोखरेललाई विसं २०७९ को संस्कृति तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ ।
विसं २०११ साल भदौ ११ गते रुम्झाटार, ओखलढुङ्गामा जन्मेका पोखरेल नारायणघाटमा बस्छन् । उनको औपचारिक लेखन यात्रा विसं २०३१ सालमा वेदना पत्रिकामामा “जीवन” कविता प्रकाशन सँगै भएको थियो । पुरस्कृत प्रतिभा पोखरेलका “यथार्थवादी समालोचनाको गोरेटोमा (२०५८) समालोचना, पारिजातको साहित्यिक मूल्याङ्कन(२०६२) समालोचना, खुला आकासतर्फ(२०६३) संस्मरण, संस्कृतिको सेरोफेरो(२०६४) संस्कृति, साहित्य सङ्गमको सङ्क्षिप्त ईतिउस(२०६४), समालोचनाको रुपरेखा(२०६७) आदि कृतिहरु प्रकाशित छन् ।प्रकाशित छन् ।
त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कार- २०७९, संस्कृति तर्फबाट कोशी प्रदेश ताप्लेजुङका झुमा ओनेम लिम्बु, मधेश प्रदेश वाराका रामप्रसाद शाह, वागमति प्रदेश दोलखाका रविन्द्र तामाङ, गण्डकी प्रदेश कास्कीका रामराज रेग्मी, लुम्विनी प्रदेश दाङका टीकाराम बुढा मगर, कर्णाली प्रदेश दैलेखका ओम रिजाल तथा सुदूर पश्चिम प्रदेश कैलालीका नन्दलाल रानालाई पुरस्कृत गरिने भएको छ ।
उक्तकुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
