रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारको घोषणा

२९ असार २०८०, शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ नेपालगन्ज, बाँकेकी कल्पना खरेल  र तेमाल, काभ्रेपलान्चोककी भवानी पाण्डेलाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । पुरस्कृत प्रतिभा कल्पना खरेलको कलम विविध बिधामा चलेको छ । पछिल्लो समय उनी उपन्यास विधामा बढी समर्पित भएकी छिन् । उनका क्षितिज पारिका शब्दहरु ( गीतिसङ्ग्रह २०७०), […]

Continue Reading

भोला रिजालको ‘सेतो कोट’ पुस्तक लोकार्पित

२३ असार, २०८०, काठमाडौं   चिकित्सक तथा वरिष्ठ गीतकार डा. भोला रिजालको चिकित्सा सम्बन्धी पुस्तक ‘सेतो कोट’ पुस्तक काठमाडौंमा एक समारोह वीच विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले सो पुस्तकको सामुहिक विमोचन गरे । जीवनको लामो समय चिकित्सा क्षेतरमा समर्पण गरेका डा. रिजालले चिकित्सकको कर्म, धर्म र मर्मलाई […]

Continue Reading

कवि चन्द्रप्रकाश कँडेल विवेकीको “चश्मा” विमोचित

२२ असार २०८०, नारायणघाट कवि विवेकीको चन्द्रप्रकाश कँडेल‘चस्मा’ कवितासङ्ग्रह एक समारोह गरी विमोचन भएको छ । भएको छ । कवि विवेकीको जन्मदिन पारेर चितवन साहित्य परिषद्को सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गरेका हुन् । भरतपुर-४ निवासी कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको […]

Continue Reading

झापामा ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ परिचर्चा

२३ असार २०८०, विर्तामोड नेपाली लेखक संघ झापाको आयोजनामा कवि राजेश ढुङ्गानाको कविता सङ्ग्रह ‘सुकिला मान्छेको सामुहिक मृत्यु’को एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । गरेको पुस्तक चर्चामा केन्द्रित कार्यक्रममा उपस्थित भएर सार्थक बनाइयो । ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ नामक कविता संग्रहको परिचर्चा ‘प्यानल डिस्कसन’को रुपमा आयोजना गरिएको सो कार्यक्रममा लेखनाथ भट्टराई, भवानी क्षेत्री र पुण्य […]

Continue Reading

संस्कृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ डी.आर. पोखरेललाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार डी. आर. पोखरेललाई विसं २०७९ को संस्कृति तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ । विसं २०११ साल भदौ ११ गते रुम्झाटार, ओखलढुङ्गामा जन्मेका पोखरेल नारायणघाटमा बस्छन् । उनको औपचारिक लेखन यात्रा विसं २०३१ सालमा […]

Continue Reading

समिर नेपालका ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ विमोचित

२२ शसार २०८०, काठमाडौं राजनीतिज्ञ तथा मानवअधिकारकर्मी समीर नेपालका दुई कृतिहरु ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ काठमाडौंमा विमोचन भएका छन् । पुस्तकहरु साहित्यकारहरु मञ्जुल, एस्पी कोइराला, गीता त्रिपाठी, हरि गौतम, लेखक लगायतले सामुहिक रुपमा विमोचन गरे । विमोचित कृतिहरु ‘वर्षका बिहानीहरू’ उपन्यास हो भने र ‘नबिर्सने यात्रा’ यात्रा कथा हो । पुस्तक विमोचन लेखकको […]

Continue Reading

योगमाया राष्ट्रिय पुरस्कार २०७९ पवन आलोकलाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रम अन्तरगत  योगमाया राष्ट्रिय पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार पवन आलोकलाई प्रदान गरिने भएको छ । उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । विसं २०११ वैशाख २० गते कुलुङ भोजपुरमा जन्मेका साहित्यकार आलोक विसं २०२७ […]

Continue Reading

गोपालप्रसाद रिमाल पुरस्कार २०७९ हाङयुग अज्ञात र घिमिरे युवराजलाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रम अन्तरगत  गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार काव्य विधा अन्तरगत हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) तथा नाटक विधा अन्तरगत युवराज घिमिरे (घिमिरे युवराज) लाई प्रदान गरिने भएको छ । उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा […]

Continue Reading

आज २ जुलाईः हरिभक्त कटुवाल जन्म जयन्ती

२ जुलाई २०२३ नेपाली भाषाका ख्यातिप्राप्त कवि तथा गीतकार हरिभक्त कटुवालको आजकै दिन २ जुलाई १९३५ भारतको वोगिविल, डिब्रुगढ आसाममा जन्म भएको थियो । उनका प्रकाशित कृतिहरु सम्झना (सन् १९६०) गीत सङ्ग्रह, ऐतिहासिक कथा सङ्ग्रह (सन् १९६१), भित्री मान्छे बोल्न खोज्छ( सन् १९६२) कविता सङ्ग्रह, सुधा (विसं २०२२) खण्डकाव्य, स्पष्टिकरण (विसं २०३०)कथा सङ्ग्रह, बदनाम मेरा […]

Continue Reading

गुन्जनले विभिन्न स्रष्टा सम्मानको घोषणा

असार १७,२०८०, काठमाडौं । नेपाली लेखिकाहरुको संस्था “गुञजन” ले २०७९ सालको विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ । गुञ्जनले जनाए अनुसार “गुन्जन प्रतिभा पुरस्कार” कवि गीता कार्कीलाई, “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुन्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र […]

Continue Reading