झापामा ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ परिचर्चा

समाचार

२३ असार २०८०, विर्तामोड

नेपाली लेखक संघ झापाको आयोजनामा कवि राजेश ढुङ्गानाको कविता सङ्ग्रह ‘सुकिला मान्छेको सामुहिक मृत्यु’को एक परिचर्चा कार्यक्रमको आयोजना गरियो ।
गरेको पुस्तक चर्चामा केन्द्रित कार्यक्रममा उपस्थित भएर सार्थक बनाइयो । ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ नामक कविता संग्रहको परिचर्चा ‘प्यानल डिस्कसन’को रुपमा आयोजना गरिएको सो कार्यक्रममा लेखनाथ भट्टराई, भवानी क्षेत्री र पुण्य बराल रहेका थिए भने सहजकर्ता लीला अनमोल थिइन् ।
सो कार्यक्रममा गणेश निरौला, पुण्यप्रसाद खरेल तथा लीला उदासीले समेत आफ्ना धारणा राखेका थिए ।
कवि राजेश ढुङ्गानाले आफ्नो कृतिको चर्चाको विषयमा आफ्ना विचार प्रस्तुत गरे ।
कार्यक्रम संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रमको आरम्भमा कार्यक्रमको सुरुमा अमेरिका भ्रमणमा रहँदा आकस्मिक निधन हुन पुगेका झापाली साहित्यकार विजय खरेलप्रति १ मिनट मौनधारणसहित श्रद्धाञ्जलि अर्पण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *