१६ असार, २०८०, काठमाडौं
नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना गर्दैछ ।
यस वर्ष अर्थात् विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान चन्द्रबहादुर वस्नेतलाई प्रदान गरिने यसअघि नै घोषणा भैसकेको छ ।