२२ शसार २०८०, काठमाडौं
राजनीतिज्ञ तथा मानवअधिकारकर्मी समीर नेपालका दुई कृतिहरु ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ काठमाडौंमा विमोचन भएका छन् ।
पुस्तकहरु साहित्यकारहरु मञ्जुल, एस्पी कोइराला, गीता त्रिपाठी, हरि गौतम, लेखक लगायतले सामुहिक रुपमा विमोचन गरे ।
विमोचित कृतिहरु ‘वर्षका बिहानीहरू’ उपन्यास हो भने र ‘नबिर्सने यात्रा’ यात्रा कथा हो ।
पुस्तक विमोचन लेखकको जन्मदिनकै अवसरमा आयोजना गरिएको थियो । उनी भोजपुरको पोखरेमा जन्मिएका थिए ।
विमोचित कृतिहरुमाथि डा गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरेकी थिइन् ।