२३ असार, २०८०, काठमाडौं
चिकित्सक तथा वरिष्ठ गीतकार डा. भोला रिजालको चिकित्सा सम्बन्धी पुस्तक ‘सेतो कोट’ पुस्तक काठमाडौंमा एक समारोह वीच विमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले सो पुस्तकको सामुहिक विमोचन गरे ।
जीवनको लामो समय चिकित्सा क्षेतरमा समर्पण गरेका डा. रिजालले चिकित्सकको कर्म, धर्म र मर्मलाई पुस्तकमा उजागर गरेका छन् । साथै मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई समेत औंल्याएका छन् ।
विसं २००४ साल कात्तिक १४ गते सुनसरी जिल्लाको धरानमा जन्मेका डा. रिजाल आफ्नो पेशा वाहेक साहित्य कला क्षेत्रका बहुमुखी प्रतिभा हुन् । उनको संलग्नता चिकित्सा बाहेक प्राध्यापन, अभिनय, सङ्गीत, लेखन, गायनमा समेत विस्तारित छ ।
उनी विसं २०२३ सालमा पहिलो रचना “न\वनभरि फुल्यो फूल, मनमा फुलेन” प्रकाशित भएपछि सिर्जनाको क्षेत्रमा देखा परेका हुन् । उनका मेरो पौवापाटी(२०४८) गीत सङ्ग्रह उल्लेखनीय छ ।