२० असार २०८०, काठमाडौं,
नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रम अन्तरगत योगमाया राष्ट्रिय पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार पवन आलोकलाई प्रदान गरिने भएको छ ।
उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विसं २०११ वैशाख २० गते कुलुङ भोजपुरमा जन्मेका साहित्यकार आलोक विसं २०२७ सालमा कविता प्रकाशन गरेर साहित्यमा पदार्पण गरेका हुन् ।
उनका पवन आलोकका केही कविता (कवितासङग्रह)२०६०, युरोपको झझल्को (नियात्रासङ्ग्रह) २०६७, द प्वाइजन ट्री (अङ्ग्रेजीमा अनुवाद गरिएका कविताहरुको सङ्ग्रह) बाङ्लादेशबाट प्रकाशित, फेब्रुअरी २०१३, अरुण एक्सप्रेस (यात्रा उपन्यास) २०७३, केही सम्झना : केही सिर्जना (लेख/निबन्ध सङ्ग्रह) २०७३ कृतिहरु प्रकाशित छन् ।
उनले नेपाल स्रष्टा समाजले सञ्चालन गर्ने गरी योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानको स्थापना बिसं २०६५ सालमा स्थापना गरेका थिए र त्यो निरन्तर रहेको छ ।
यो महान कार्य सफल हुनुभयेकोमा बधाई तथा सुभकामना छ।