१२खरी कथा लेखन प्रतियोगिताको घोषणा तथा पुरस्कार वितरण

८ पुस २०८०, काठमाडौं बिगत ५ वर्षदेखि १२खरी मिडियाले सर्वाधिक राशीको डिश होम १२खरी कथा लेखन प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गत यस वर्षको पुरस्कारको घोषणा तथा पुरस्कार वितरण तथा ‘उत्कृष्ट कथा–२०८०’ को विमोचन एकसाथ सम्पन्न भएको छ । प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरुमध्येबाट यस वर्ष […]

Continue Reading

अरनिको पुरस्कार “लाहुरेको रेलिमाई” लाई

२३ डिसेम्वर २०२३, वाशिंटन डिसी ‘ग‌ैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएकोमा विसं २०७९ को लागि विजय हितान लिखित उपन्यास “लाहुरेको रेलिमाई” कृतिलाई प्रदान गर्ने निर्णय भएको छ । […]

Continue Reading

सँजाय

लीलाराज दाहाल वनमा बसोबास गर्ने सबै प्रजातिका वन्य जन्तुहरुले सिंहको अध्यक्षतामा भव्य भेलाको आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, “हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ ।  […]

Continue Reading

रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण

७पुस २०८०, काठमाडौं नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति दिवसको अवसरमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी, रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट साहित्यकार रामबाबु सुवेदी, रमेश विकल […]

Continue Reading

युद्धवीर राणालाई २०२३ को साहित्य अकादमी पुरस्कार

२१ डिसेम्बर २०२३, असम असम डिगबोईका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार दिइने घोषणा भएको छ । उनलाई “नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय” शीर्षक ग्रन्थका लागि यो पुरस्कार प्रदान गरिने भएको हो। सन् १९३९ को १३ डिसेम्बरका दिन जन्मिएका युद्धवीर राणा बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन्। उनी वरिष्ठ कवि, निबन्धकार, खोज-अनुसन्धानकर्ता, चित्रकार, […]

Continue Reading

जगदीश नेपाली स्मृति ग्रन्थ लोकार्पण

४ पुस २०८०, काठमाडौं दशकदेखि कलम चलाई लघुकथा लेखनमा महत्वपूर्ण योगदान पुर्याउने साहित्यकार जगदीश नेपालीको सम्झनामा प्रकाशित जगदीश नेपाली स्मृति ग्रन्थ लोकार्पण सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठ, विशिष्ट अतिथि आजीवन प्राज्ञ सदस्य आरडी प्रभास चटौत, प्राडा माधवप्रसाद पोखरेल, सिनेमा निर्देशक, निर्माता एवम् गीतकार यादव खरेल र कार्यक्रमका सभाध्यक्ष सीता बस्नेत सापकोटाले […]

Continue Reading

सापसको शैलुङ्ग कविता यात्रा

४ पुस २०८०, शैलुङ साहित्यिक पत्रकार सङ्घको आयोजनामा रमणीय पहाडी गाउँ शैलुङ्गमा कविता यात्राका लागि सङ्घका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ,रामप्रसाद पन्त,प्रद्युम्न जोशी,श्रीबाबु कार्की,नन्दु उप्रेती,ऋतु कडेल,नीता श्रेष्ठ,डा.बुनु दाहाल,विनोद नेपाल,प्रा.डा.गोविन्दमान सिंह कार्की,मुरारी सिग्देल,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,नरहरि प्रेमी तथा पुष्पा थपलियाको टोली शैलुङ आएर कार्यक्रमको थालनी गरेका छन् । दोलखा घर भइ काठमाडौंलाई कर्मथलो बनाउँदै आएका चर्तित […]

Continue Reading

नेपाल स्रष्टा समाजको १७औं साधारण सभा

४ पुस २०८०, काठमाडौं आगामी २०८० पुस १६ गते आयोजना गरिने नेपाल स्रष्टा समाजको १७औं साधारण सभामा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि समाजले अनुरोध गरेको छ । स्थान: लेखनाथ कक्ष ,नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी। मिति: २०८० पुस १६ गते सोमबार । समय: दिउँसो १:३० बजे

Continue Reading

रमेश विकलको पन्ध्रौं स्मृतिसभामा श्रष्टाहरु पुरस्कृत हुँदै

४ पुस २०८०, काठमाडौं नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति सभामा रमेश विकल वाङ्गमय पुरस्कार प्राडा वासुदेव त्रिपाठी, रमेश विकल सृजना पुरस्कार माधव काफ्ले, रमेश विकल वालसाहित्य पुरस्कार रामबाबु सुबेदी, रमेश विकल कला-सङ्गीत पुरस्कार सुवास गजुरेललाई प्रदान गरिने भएको छ । सोही समारोहमा रमेशविकल-सुशिला समाजसेवा पुरस्कार परोपकार संस्था तथा रमेश विकल […]

Continue Reading

मतदाता

राजेश ढुंगाना हाँसेर फिस्स मतदाता परिचय–पत्रका लागि हुलका हुल मान्छेहरू पसिना काड्दै लाममा लागेर के के नै हुन्छ भने झैँ मुसुक्क हाँसेर फोटो खिचाई रहेछन् ० देश सधैँ रोइरहे पनि केवल आफू मात्र हाँस्न पाए पुग्यो र, त अहिले पनि फिस्ससँग हाँसेर लाममा लाग्दै चुनावका लागि मतदाता बन्न भनेर फोटो खिचाई रहेछन् ! ० म […]

Continue Reading