राजेश ढुंगाना
हाँसेर फिस्स
मतदाता
परिचय–पत्रका लागि
हुलका हुल मान्छेहरू
पसिना काड्दै लाममा लागेर
के के नै
हुन्छ भने झैँ मुसुक्क हाँसेर
फोटो खिचाई रहेछन्
०
देश सधैँ
रोइरहे पनि
केवल आफू मात्र
हाँस्न पाए पुग्यो
र, त अहिले पनि फिस्ससँग
हाँसेर लाममा लाग्दै
चुनावका लागि
मतदाता बन्न भनेर
फोटो खिचाई रहेछन् !
०
म स्वयम् पनि त्यही हुलमा
लुरुलुरु मिसिएर
लाम लाग्दै
फिस्स हाँसेर
भोट दिन पाउने
त्यही फोटो खिचाउँदै छु !
०
बाक्सामा
भोट खसाएपछि
न उनीहरूले
हामीलाई खोज्छन्
न हामीले
उनीहरूलाई नै भेट्टाउँछौँ
त्यही पनि
अर्को चुनावमा
अहिलेभन्दा उत्साही बनेर
मतदान गर्छौं !
(कवि परिचयः कवि राजेश ढुङ्गानाको जन्म सिन्धुली तोश्राम खोलामा भएको हो । हाल उनी भद्रपुर झापामा बस्छन् । २०३६ ताक कविता प्रकाशनबाट साहित्य यात्रा थालेका उनको एक कविता सङ्ग्रह प्रकाशित छ, “सुकिला मान्छेको सामयिक मृत्यु(विसं २०७०)