रमेश विकलको पन्ध्रौं स्मृतिसभामा श्रष्टाहरु पुरस्कृत हुँदै

मुख्य समाचार

४ पुस २०८०, काठमाडौं

नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति सभामा रमेश विकल वाङ्गमय पुरस्कार प्राडा वासुदेव त्रिपाठी, रमेश विकल सृजना पुरस्कार माधव काफ्ले, रमेश विकल वालसाहित्य पुरस्कार रामबाबु सुबेदी, रमेश विकल कला-सङ्गीत पुरस्कार सुवास गजुरेललाई प्रदान गरिने भएको छ ।
सोही समारोहमा रमेशविकल-सुशिला समाजसेवा पुरस्कार परोपकार संस्था तथा रमेश विकल -सुशिला सङ्घर्षशील पुरस्कार सत्यदेवी खड्कालाई प्रदान गरिने भएको छ ।
साथै अर्थ समितिका अध्यक्ष माननीय सन्तोष चालिसे, पूर्व प्रदेश मन्त्री रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललाई सम्मान प्रदान गरिने भएको छ ।
आगामि ७ पुस २०८० का दिन कोशी फूडल्याण्ड, आरुवारीमा सो कार्यक्रम सम्पन्न गरिने जनाइएको छ ।
रचना पत्रिकाका प्रधान सम्पादक अग्रज साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे सो प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।

1 thought on “रमेश विकलको पन्ध्रौं स्मृतिसभामा श्रष्टाहरु पुरस्कृत हुँदै

  1. भेटघाटको सुन्दर अवशर !
    पुरस्क्रित, सम्मानित सवैमा हार्दीक वधाई तथा शुभकामना।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *