जगदीश नेपाली स्मृति ग्रन्थ लोकार्पण

समाचार

४ पुस २०८०, काठमाडौं

दशकदेखि कलम चलाई लघुकथा लेखनमा महत्वपूर्ण योगदान पुर्याउने साहित्यकार जगदीश नेपालीको सम्झनामा प्रकाशित जगदीश नेपाली स्मृति ग्रन्थ लोकार्पण सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठ, विशिष्ट अतिथि आजीवन प्राज्ञ सदस्य आरडी प्रभास चटौत, प्राडा माधवप्रसाद पोखरेल, सिनेमा निर्देशक, निर्माता एवम् गीतकार यादव खरेल र कार्यक्रमका सभाध्यक्ष सीता बस्नेत सापकोटाले उक्त कृति संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
कृति विमोचनपछि प्रमुख अतिथि श्रेष्ठले लघुकथा लेखनमा जगदीश नेपालीले बिसको गरेको कुरा गर्दै श्रद्धासुमन अर्पण गरेका थिए । साहित्यकारहरु लव गाउँले, गोपी मैनाली, यादव खरेल, डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा माधवप्रसाद सापकोटा, आरडी प्रभास चटौतले कृतिका लागि सामग्री सङ्लकन गरी सम्पादन गर्नुहुने महेश प्रसाईँ र प्रकाशन गर्नुहुने सीता बस्नेत सापकोटाको श्रद्धाले जगदीशलाई लामो समयसम्म स्मरण गराउने वताए ।
कार्यक्रममा उपस्थित तथा पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई सम्पादक महेश प्रसाईँले हार्दिक आभार व्यक्त गरेका थिए । जगदीश नेपालीकी बुहारी एवम् प्रकाशक सीता बस्नेत सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन डा. शेखरकुमार श्रेष्ठले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *