सापसको शैलुङ्ग कविता यात्रा

मुख्य समाचार

४ पुस २०८०, शैलुङ

साहित्यिक पत्रकार सङ्घको आयोजनामा रमणीय पहाडी गाउँ शैलुङ्गमा कविता यात्राका लागि सङ्घका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ,रामप्रसाद पन्त,प्रद्युम्न जोशी,श्रीबाबु कार्की,नन्दु उप्रेती,ऋतु कडेल,नीता श्रेष्ठ,डा.बुनु दाहाल,विनोद नेपाल,प्रा.डा.गोविन्दमान सिंह कार्की,मुरारी सिग्देल,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,नरहरि प्रेमी तथा पुष्पा थपलियाको टोली शैलुङ आएर कार्यक्रमको थालनी गरेका छन् ।
दोलखा घर भइ काठमाडौंलाई कर्मथलो बनाउँदै आएका चर्तित कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको सो यात्रा पुस ४ गतेदेखि पुस ६ गतेसम्म रहने छ।
यात्राको उद्देश्य शैलुङ्गको प्राकृतिक,सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भ्रमण गर्नुका साथै शैलुङ्गको धार्मिक महत्त्वका स्थानहरूको प्रचार प्रसार एवम् संरक्षण र संवर्द्वनमा कवि तथा साहित्यकारहरूको अहम् भूमिका रहने कुरामा स्थानीय वासिन्दाहरू विश्वस्त रहेका देखिन्छन्।
यात्राको पहिलो दिन दोलखा जिल्लाको चरिकोट टेकेको साँझ स्थानीय ड्रिम्स क्याफे रेष्टुरेण्टमा कविहरूका सम्मानमा दोलखा उद्योग वाणिज्य सङ्घ,भानु विद्यापीठ तथा वागमती प्रदेशको युवा समितिका तर्फबाट स्वागत तथा अभिनन्दन गरी चियापान गराईएको थियो । सोही साँझ चरणावती धामस्थित जेष्ठ नागरिक भवनमा कविहरूको स्वागत तथा सम्मान गर्दै खानपिन तथा बासस्थानको व्यवस्था गरिएको थियो।
स्मरणीय छ सापसले लामो समयसम्म कविता यात्रा गराउने गरेको थियो र वीचमा यो स्थगित भएको थियो ।

(काठमाडौंबाट सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *