अरनिको पुरस्कार “लाहुरेको रेलिमाई” लाई

समाचार

२३ डिसेम्वर २०२३, वाशिंटन डिसी

‘ग‌ैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएकोमा विसं २०७९ को लागि विजय हितान लिखित उपन्यास “लाहुरेको रेलिमाई” कृतिलाई प्रदान गर्ने निर्णय भएको छ ।
पहिलोपटक विसं २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो ।
विजय हितान वेलायतलाई कर्मभूमि बनाई आएका साहित्यकार हुन् र यो उपन्यास गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित रहेको छ ।
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष हिक्मत थापाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’को बैठकले छनौट समितिको सिफारिस अनुसार’लाहुरेको रेलिमाई ‘लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *