२१ डिसेम्बर २०२३, असम
असम डिगबोईका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार दिइने घोषणा भएको छ । उनलाई “नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय” शीर्षक ग्रन्थका लागि यो पुरस्कार प्रदान गरिने भएको हो।
सन् १९३९ को १३ डिसेम्बरका दिन जन्मिएका युद्धवीर राणा बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन्। उनी वरिष्ठ कवि, निबन्धकार, खोज-अनुसन्धानकर्ता, चित्रकार, काष्ठकलाकार, होनहार मूर्तिकार, खेदकुद प्रशिक्षक, गीतकार, गायक, लगनशील सामाजिक-सांस्कृतिक कार्यकर्ता तथा कुशल अभिनेता समेत हुन्। हरिभक्त कटुवालको “यो देशको माटोले भन्छ” गीतमा उनैले स्वर दिएका थिए ।
सन् १९८२ मा जातीय भावनाले ओतप्रोत “चिहान नपाएका तक्माहरू” शीर्षकमा पहिलो काव्यकृति (लामो कविता) कृतिसहित उनका “मानव यात्रा” (२००३), “नेपाली संस्कृति : हाम्रो अस्तित्व” (२००६), “सृष्टि र प्रवर्जन” (२०१७) पुरस्कृत कृति “नेपाली लोकसाहित्य र लोकसंस्कृतिको परिचय (२०२०)”प्रकाशित छन् ।
उनको को एकमात्र अनूदित कृति हो असम साहित्य सभाका पूर्व सभापति तथा वरिष्ठ पत्रकार कनक सेन डेकाद्वारा रचित ” नतुन पुरुषे युक्तिर आधारत नतुन समाज गढक” को नेपाली अनुवाद ” नयाँ पिँढीलाई”। प्रस्तुत पुस्तक असीको दसकको असमको उग्रवादी समस्याको पृष्ठभूमिमा नयाँ पिँढीलाई मार्गदर्शन गर्न लेखिएको ‘बेस्ट सेलर’ पुस्तक हो।
उनलाई डुवर्सले गत वर्ष ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’-ले सम्मानित गरेको थियो।
We CNgratulate Yuddha Vir sir for this great achievement; and also appreciate his valuable works for promoting Nepali language, literature and culture. Salaam sir!!!! – CN Kanel, NCWS, Kathmandu.