लीलाध्वज थापा पुरस्कार ज्ञानमणी नेपाललाइ

मुख्य समाचार

१४ असार २०८०, काठमाडौं

काठमाण्डौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार यस वर्ष इतिहासविद तथा साहित्यकार श्री ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाले जनाएका छन् ।

भोजपुर जिल्लाको सिक्तेल, बितलपमा बि. सं.१९८९ सालमा जन्मिएका श्री नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य रसंस्कृति वाङ्मयमा विशिष्टता प्राप्त गर्नुका साथै अनेकौ ऐतिहासिक तथ्यहरुमा आधारित अनुसन्धनात्मक कृति प्रकाशन गर्नुकासाथै विभिन्न सङ्घसंस्थामा आवध्द भै नेपाली भाषा साहित्यको र इतिहासको क्षेत्रको श्रीवृध्दीमा विशिष्ट योगदान पुर्याएवापत सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताईएको छ ।

विसं २०७३ देखि प्रदान गर्न थालिएको सो पुरस्कार विसं २०७३मा वासुदेव त्रिपाठीलाई , २०७४ मा सत्यमोहन जोशीलाई,  २०७५ मा डा. तारानाथ शर्मालाई, २०७६ मा तुलसी दिवसलाई प्दान गरिएको थियो । कोरोनाकालमा विसं २०७७७ तथा २०७८ मा कसैलाई यो पुरस्कार दिइएको थिएन । विसं २०७९ पुनः गोपिकृष्ण शर्मालाई दिइएको थियो भने विसं २०८० को ज्ञानमणि नेपाललाई दिन लागिएको हो ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *