१२ असार, २०८०
भैरहवाका साहित्यकार भीमप्रसाद लामिछानेको १२ असार २०८० का दिन निधन भएको छ ।
उनको जन्म विसं १९९८ साल भदौ २ गते भएको थियो ।
विसं २०२४ सालमा उनको “गुयेंत्रो” हास्यब्यङ्ग्य निबन्ध सङ्ग्रह खित्का प्रकाशन, हिमाली सङ्गम भैरहवाबाट प्रकाशित भएको थियो । तत्कालीन समयमा निकै ओजपूर्ण हास्यब्यङ्ग्य कृति लेख्ने उनले पछि लेखनलाई निरन्तरता दिएनन् । लामो समय शिकषण पेशामा रहेका उनी सेवा निबृत्त भएपछि राजनैतिक गतविधिमा थोरै समय सकृय रहेका थिए ।
उनी साहित्यकार मोदनाथ प्रश्रीतसँगको संसर्गले साहित्यमा लागेका थिए ।
उनको व्यक्तुत्व कृतित्वको विषयमा एमएमा थेसिस पनि लेखिएको छ ।