पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनौट

मुख्य समाचार

१५ असार २०८०, काठमाडौं

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०६३ देखि बर्षेनी प्रदान गर्दै आइरहेको “पद्मश्री साहित्य पुरस्कार” २०७९ का लागि १५ कृतिको छनौट भएको भएको सो प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति अनुसार जानुका खतिवडाको आतोओडा, सुविन भट्टराईको ईजोरिया, विवेक ओझाको ऐंठन, गोपि सापकोटाको चिसो वाफ, प्रगति राईको थांग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा वटुवा घाम, सुरेश प्रांजलीको पानी घट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलालजोशीको बाआमा, प्रोल्लास सिन्धुलियको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिवोल काफ्लेकोयशोधरा, डा.नवराज केसीको शून्यको मूल्य तथा अशोक थापाको सन्तापको धून यो लामो सूचिमा परेको छ ।

यो सूचिका १५ कृतिबाट दोश्रो चरणमा छोटो सूचि चयन हुने तथा अन्तमा पुरस्कृत कृतिको घोषणा गरिने समेत विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *