लोकप्रिया पुरस्कारको घोषणा

मुख्य समाचार

१५ असार २०८०, काठमाडौं

 

साहित्यिक पत्रकार संघको हालै बसेको कार्य समितिको बैठकले विसं २०६४ सालदेखि स्थगित लोकप्रिया पुरस्कार चयनका लागि गठित समितिको सिफारिस अनुसार पुरस्कृतहरुको नाम अनुमोदन गरेको छ । विसं २०६२ तथा २०६३ को लागि निर्णय भए पनि पुरस्कार दिन बाँकी सहित १८ वर्षको पुरस्कार १८ नारी श्रष्टालाई आगामी असार २३, २०८० का दिन एक कार्यक्रम गरी पुरस्कार समर्पण गर्ने कार्यक्रम रहेको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले विश्वपरिक्रमालाई टेलिफोन समवादमा बताए ।

सापसंले जनाए अनुसार पुरस्कृत हुनेहरुमा लक्ष्मीदेवी राजभण्डारी २०६२, डा. गार्गी शर्मा २०६३, प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६,  उन्नती बोहरा “शीला” २०६७, गोमा शर्मा २०६८ गुहावटी, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७० , जलेश्वरी श्रेष्ठ २०७१, पूनम काफ्ले २०७२ अमेरिका, गङ्गा कसजु २०७३, डा. ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री २०७६ दार्जीलिङ, वीणा हाङ्खिम २०७७ दार्जीलिङ , डा. पुष्पा शर्मा २०७८ सिक्किम र लतिका जोशी २०७९ सिलगढी रहेका छन् ।

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्यावती सिंह र पारश नेपाल सदस्य रहेको  सिफारिस समितिले गरेको सिफारिस अनुसार कार्य समितिले निर्रेणय गरेको हो ।

वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् । नगद तीन हजार एकसय राशी रहेको “लोकप्रिया पुरस्कार”बाट यसअगि साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *