लेखिका दुर्गादेवी नेपालको निधन

मुख्य समाचार

१२ असार २०८०, काठमाडौं

“उनैको माया” कविता सङ्ग्रह (विसं २०७०) तथा “बगेको खोला” आत्मकथा कृतिकी लेखिका दुर्गादेवी नेपालको ८६ बर्षको उमेरमा १२ असार २०८० का दिन घट्टेकुलोस्थित नईगृहमा निधन भएको छ । उनको जन्म १९९५ असोज १६ गते भएको थियो । स्व. दुर्गादेवी लेखिका ईन्दिरा प्रसाईंकी आमा हुन् र पछिल्लो समय उनी ईन्दिरा प्रसाईं तथा नरेन्द्र प्रसाईंको प्रत्यक्ष निगरानीमा जीवनका अन्तिम दिनहरु विताइरहेकी थिइन् । उनको दृष्टि शक्ति कमजोर भए पनि चेतनास्तर उच्च थियो र भेट्न जानेहरुलाई उनी चिनेको बताउँथिन् र बोली पनि स्पष्ट थियो ।

स्मरणीय छ, उनले १० लाखको अक्षयकोष राखी आफ्ना पति गणेशप्रसाद शर्मा तथा आफ्नो नाममा “नई गणेश दुर्गा अन्तरराष्ट्रिय पुरस्कार स्थापना गरेकी थिइन् । रु एक लाख राशीको यो पुरस्कार हरेक बर्ष नेपाल बाहिरका नेपाली या नेपालीमूलका गैरनेपाली नागरिक नेपाली गोर्खालीलाई समर्पण गर्ने गरिन्छ ।

स्वर्गिय दुर्गादेवीको आजै आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको थियो । उनलाई श्रध्दार्पण तथा अन्तिम दर्शनका लागि ठूलो सङ्ख्यामा साहित्यकार, साहित्यप्रेमीहरु आर्यघाट पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *