स्रष्टा पदयात्रीहरुको पर्वत जिल्ला भ्रमण

५ मंसिर २०८०, काठमाडौं ‘स्रष्टा पदयात्रा समूह’का साहित्यकारहरुको एक टोली पर्वत जिल्लाका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएको छ । पर्वत जिल्लाको मल्लाजस्थित ‘मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान’को आमन्त्रणमा उक्त समूह गत मंसीर १ गते त्यसतर्फ गएको थियो । १६ सदस्यीय उक्त समूहको टोलीमा शीतल गिरी, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, वसन्त रिजाल, विमल अर्याल, […]

Continue Reading

२ मंसिर २०८०, दोहा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा कतारमासकृय नेपाली संस्थाहरू गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज , नवोदित साहित्यिक वाचनालय र सन्ध्या ग्रुप अलखोरलगायतका संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कवितावाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरू भएको उक्त कार्यक्रममाकवि क्षेत्रीले पुराना र ताजा नयाँ […]

Continue Reading

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टाहरू सम्मानित

२४ कात्तिक २०८०, काठमाडौं मानव अधिकार तथा शान्ति समाजले “साहित्य आराधन:स्रष्टा सम्मान अभियान” अन्तर्गत समाज सेवा तथा स्रष्टा सम्मान अर्पणको कार्यक्रम सम्पन्न गर्यो । मानव अधिकार तथा समाजका केन्द्रिय सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार २०७९ बाट मिठाईदेवी विश्वकर्मा सम्मानित भइन् भने अन्य विभिन्न पुरस्कारहरूबाट अन्य १५ जना […]

Continue Reading

सिलगढीमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

४ नोभेम्वर २०२३, सिलगढ़ी बुक एन्ट,सालबारी सिलगढ़ीमा आयोजित समारोहमा स्रष्टा मुक्तिप्रसाद उपाध्यायका तीन वटा पुस्तक पदचिह्न पहिल्याउँदै (उपन्यास), समीक्षा गुच्छ (समीक्षा सङ्ग्रह) र संस्मरण गुच्छ (संस्मरण सङ्ग्रह) लोकार्पण भएको छ ।  साहित्य अकादेमी पुरस्कार प्राप्त पद्मश्री सानु लामा (सिक्किम)को  अध्यक्षतामा सम्पन्न सो समारोहको प्रमुख अतिथि रुद्र पौडेल (साहित्यकार प्रोफेसर, सिक्किम) थिए । विशिष्ट अतिथिहरूमा साहित्य […]

Continue Reading

‘मौन आवाज’ विमोचित

१८ कार्तिक २०८०, काठमाडौं हामी र हाम्रो कृति समूहको आयोजनामा बालुटारस्थित चिल्ड्रेन मोडेल स्कूलमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा उपलब्ध गराइएको मञ्चमा मुक्तककार टेकराज भट्टद्वारा रचित ‘मौन आवाज’ मुक्तक सङ्ग्रहको विमोचन सम्पन्न भएको छ। समूहका सचिव लव खड्काको सभापतित्व तथा कवि तथा गीतकार विजयध्वज थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मञ्चमा आसिन अतथिहरुबाट सामुहिक रुपमा ‘मौन […]

Continue Reading

बालोपयोगी चित्रकथा लेखन कार्यशाला सुरु

१७ कार्तिक २०८०, काठमाडौं नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा चित्रकथा लेखनसम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ । नेपालका विभिन्न जातजाति, संस्कृति र भूगोलमा प्रचलित बालोपयोगी लोककथा, किंवदन्ती र ऐतिहासिक विषयलाई चित्रकथाका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा विभिन्न जातजाति, संस्कृति र भूगोलको प्रतिनिधित्व गर्ने २९ जना बालसाहित्यकारहरूको सहभागिता […]

Continue Reading

विमल गुरुङ कृति पुरस्कार संयुक्त रुपमा प्रदान गरिने

१४ कार्तिक २०८०, काठमाडौं विसं २०७९ को विमल गुरुङ कृति पुरस्कार कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवा कैलाशीको गद्य कृति ‘मित्याङ्सा’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । २ लाख राशीको यो पुरस्कार यी २ सर्जकले एकएक लाख प्राप्त गर्नेछन् । नगद राशीकासाथ ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने परम्परा रहेको […]

Continue Reading

विभिन्न स्रष्टाहरु म्यूजिक खबरबाट सम्मानित

२०८० असोज २९, काठमाडौं  स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा स्रष्टा सम्मान एवं बडा दशैंको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्‍यो । राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिपष्ठानका निवर्तमान उपकुलपति संगीतरत्न शम्भूजीत बास्कोटाको […]

Continue Reading

तेजस्विनी सदन” पुस्तकको लोकार्पण

२२ असोज २०८०, काठमाडौं पूर्व प्रधानमन्त्री तथा वरिष्ठ लेखक लोकेन्द्रबहादुर चन्दद्वारा एक कार्यक्रमका बीच अतुल पोखरेलद्वारा लिखित उपन्यास तेजस्विनीसदनको लोकार्पण भयो। नयाँ वानेश्वरको थापागाउँस्थित लेखन कुञ्जमा प्रमुख अतिथि चन्द तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत अन्य साहित्यिक व्यक्तित्व तथा पत्रकारहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक अतुल पोखरेलको पहिलो कृतितेजस्विनी सदनको लोकार्पण सम्पन्न भएको हो। […]

Continue Reading

प्रथम देवेन्द्र गौतम पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई

१९ असोज २०८० वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसका अवसरमा देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८० वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरेलाई एक विशेष समारोहका बीच प्रदान गरिएको छ। करेन्ट मिडिया एण्ड रिसर्च सेण्टर प्रा.लि.द्वारा भक्तपुरको सूर्य विनायक बाराहीस्थानस्थित होटल भादगाउँमा आयोजित कार्यक्रममा नगद रू एक लाख सहितको पत्रकारिता पुरस्कारबाट घिमिरेलाई सम्मानित गरिएको हो। […]

Continue Reading