३० मङ्सिर २०८०, काठमाडौं
साहित्यकार तथा नेपाल सरकारका पूर्व प्रशासक खगप्रसाद नेपालद्वारा लिखित आत्मवृतान्त’स्मृतिका छालहरूमा’ एक समारोहका बीच सार्वजनिक गरियो।
खगप्रसाद नेपाल तथा उनकी धर्मपत्नी पार्वती नेपालको वैवाहिक जीवनको ५० औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लेखकका नातीहरू डा.मानस जोशी,आर्यद् दाहाल तथा अनिशेष दाहालले सामूहिक रूपमा सार्वजनिक गरेका हुन्।
पुस्तक सार्वजनिक कार्यक्रमको सञ्चालन गायक तथा सङ्गीतकार नरहरि योगीले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)