लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण

समाचार

२३ मंसिर २०८०, गुवाहाटी

स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्पण गरेको छ । नेपाली ६ लाख अर्थात् भारु ३ लाख ७५ हजार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क ,समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले समर्पण गरे ।
सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा सम्पन्नभएको थियो ।
नेपाली साहित्यको पुस्तक बिक्रीमा कीर्तिमान राख्ने “बसाईं” उपन्यासका स्रष्टा हुन् लीलबहादुर क्षेत्री । सो उपन्यास विभिन्न भाषामा अनिवाद हुनुका साथै सोही उपन्यासको आधारमा चलचित्र समेत बनेको छ ।
स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना भएको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भइ नेपालका विभिन्न शहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुदै गुवाहाटी पुगेको अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *