१० पुस २०८०, काठमाडौं
नेपाली वाङमयमा वेद लगायत विविध ग्रन्थहरुका अनुवादक तीलक लुईंटेलको देहावसान भएको छ ।
विसं २०१९ बैशाख १ गते जन्मिएका उनको विसं २०८० पुस १० गते ६१ वर्षको उमेरमा मृगौला रोगका कारण निधन भएको हो ।
उनले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुर नीति, चाणक्यको सिध्दान्त, छान्दग्यपनिषद लगायत कैयन् मूल सँस्कृतमा लेखिएका कृतिहरुको नेपाली भाषामा अनुवाद गरेका थिए । यति धेरै वैदिक साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने उनको अनुवादकको छवि अग्लो र उज्यालो थियो ।
केही समयअघि उनको दुवै मृगौलाले काम नगरेपछि उपचारार्थ अस्पताल भर्ना गरिएको थियो र जनस्तरबाट उनको उपचारका लागि पहल समेत गरिएको थियो ।
