अमेरिकामा लक्ष्मी जयन्ती तथा अनेसास पुरस्कार वितरण सम्पन्न

समाचार

४ मंसिर २०८०, वाशिंटन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको अनेसास पुरस्कारहरु ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा अमेरिकाको भर्जिनियामा नोभेम्बर १९,२०२३ आइतबारका दिन एक सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले पुरस्कार वितरण गरे ।

पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बि ओ टी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीको बिषेश आतित्थ्यता रहेको थियो। त्यसैगरी अतिथीहरूमा बरिष्ठ साहित्यकार कृष्ण धराबासी, नीलम कार्की निहारिका, एन आर एन ए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्ब अध्यक्षहरू पुरू सुवेदी, भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरूमा रोहिणी शर्मा, तिर्थराज अधिकारी, सीता पाण्डे रहेका थिए ।

कार्यक्रमको शुरुमा अमेरिका तथा नेपालका राष्ट्रिय गान आभाष अर्याल, सचिन चापागॅाइ, सुयोग चापागॅाइ, रोजी गौतम र प्रसुन पौडेलहरुबाट गाइएको थियो । प्रमुख अतिथिबाट कार्यक्रमको उद्घाटन कलसमा दियोवाली गरिएको थियो । साथै महाकविको फोटोमा माल्यार्पण गरिएको थियो। अनेसास डि सी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले स्वागत गरेका थिए । तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मीप्रसाद देवकोटाको गीत गायन र संयोजक तीर्थराज पाण्डेबाट पुरस्कारहरूको जानकारी गराइएको थियो।

तत्पश्चात् उपस्थित पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा अनेसासका पूर्व अध्यक्ष भीम रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड तथा होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना तथा मोहन सिटौलालाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो। त्यसैगरी बोर्ड अफ् ट्रष्टिको निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयूक्त भीम कार्की र निर्वाचन आयूक्तहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। अनेसासका केन्द्रिय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्य सहित पुरस्कृतहरुलाइ बधाइ ज्ञापन गरेका थिए ।

सो अवसरमा गीता खत्रीको रोबोट जर्ज, कवि इश्वरी भट्टको आकाश पारीबाट र गोपाल भण्डारीको कविता संग्रहको विमोचन गरिएको थियो। तत्पश्चात् कृतिकारहरूको तर्फबाट गीता खत्री,पुरस्कृत व्यक्तित्वहरु महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौड़ायल र मोहन सिटौलाले मन्तव्य व्यक्त गरेका थिए । बि ओ टी पुरस्कार समितिका सदस्य सचिव इश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्त गर्दै समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहलाई साहित्यकार नीलम कार्की निहारिका, पुरस्कार दाता रोहिणी शर्मा एबम् होमनाथ सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भूपाल राइले प्रज्ञा र अनेसासको कामको बारेमा चर्चा गर्दै ॲाफूले सकेको सहयोग गर्ने प्रतिबध्दता व्यक्त गरेका थिएन। कार्यक्रमलाईं बि ओ टी सभापति पदम विश्वकर्माले धन्यबाद ज्ञापन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *